udaypur

बीस वर्षपछि बसपार्कमा सार्वजानिक शौचालय

गाईघाट (उदयपुर), बैशाख ६ गते । पूर्वी क्षेत्रको मुख्य प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजारको बसपार्कमा बीस वर्षपछि बल्ल सार्वजानिक शौचालय निर्माण भएको छ । बेल्टारबजार क्षेत्रमा बीस वर्षअघि २०५२ सालदेखि नै बसपार्क सञ्चालन हुँदै आए तापनि… बाँकी अंश »

प्रवेशिका परीक्षा दिने छात्राको मृत्यु

गाईघाट (उदयपुर), १३ चैत । रौता– ९ मुर्कुची घर भई त्रियुगा नगरपालिका– १४ स्थित चुहाडे परीक्षा केन्द्रमा प्रवेशिका परीक्षा दिँदै आएकी १८वर्षीया तारा मगरको रहस्यमय मृत्यु भएको छ । गए राति ११ बजे त्रियुगा नगरपालिका– ७ मोतीगडास्थित जङ्गलको नयाँ पानीट्यांकी… बाँकी अंश »

जबर्जस्ती करणी प्रयास गर्ने विक पक्राउ

गाईघाट (उदयपुर), १३ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १२ मोहनपुर बस्ने ३८ वर्षीय डम्बरबहादुर विकलाई स्थानीय एक बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । चैत १० गते रातिको समयमा छिमेकी एक १३ वर्र्षीया बालिका… बाँकी अंश »

आधा दर्जनभन्दा बढी गाविसमा पिउने पानीको अभाव

गाईघाट (उदयपुर), १० चैत । दिनानुदिन सुक्खा मौसम आएपछि उदयपुर जिल्लाको पहाडी क्षेत्रको आधा दर्जनभन्दा बढी गाविसमा अहिले पिउने पानीको अभाव भएको छ । गाउँघरको पिउने पानीको स्रोतका रुपमा रहेको कुवा तथा पँधेराहरु सुक्दै जान थालेपछि जिल्लाको मध्य तथा पूर्वी… बाँकी अंश »

गैँंडाछाप सिमेन्टको मूल्यमा वृद्धि

गाईघाट (उदयपुर), २६ फागुन । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेबाट उत्पादन हुँदै आएको गैँंडाछाप सिमेन्टको मूल्यमा फेरी वृद्धि भएको छ । उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको विगतको मूल्य भन्दा प्रतिबोरा रु २९ को दरले वृद्धि… बाँकी अंश »

गृहिणीलाई निःशुल्क कम्युटर शिक्षा सुरु

गाईघाट (उदयपुर), २५ फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ स्थित गाईघाटको सङ्गमटोल क्षेत्रका २६० जना गृहिणीलाई आइतबारदेखि औपचारिक रुपमा एक वर्षको निःशुल्क कम्प्युटर शिक्षासम्बन्धी तालिम प्रदान गर्ने कार्य सुरु भएको छ । आयोजक सङ्गम पुस्तकालय सङ्गमटोल गाईघाटको आयोजनामा र सहयोगी… बाँकी अंश »

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

गाईघाट (उदयपुर), २२ फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ८ बगाहामा गएराति एक मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु हुनेमा त्रियुगा नगरपालिका– ३ डिएमगेटस्थित गाईघाट बस्ने… बाँकी अंश »

विद्यार्थी दुव्र्यसनतर्फ

गाईघाट (उदयपुर), १० फागुन । त्रियुगा नगरपालिका क्षेत्रका निजी तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी हिजोआज लागुपदार्थ दुव्र्यसनतर्फ दिनानुदिन उन्मुख हुँदै जान थालेका छन् । सदरमुकाम गाईघाट क्षेत्रका आधा दर्जनभन्दा बढी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालयमा अध्ययन गर्दागर्दै गाँजा खाने,… बाँकी अंश »

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा बीस घाइते, चारको अवस्था गम्भीर

गाईघाट(उदयपुर), २९ माघ । सदरमुकाम गाईघाट नजिकै साउने खाँबु गाविसको सिमानामा रहेको खोटाङको धाप्लाङ गाविस–५ मा आज साँझ बिहेको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा बीस जना घाइते भएका छन् । खोटाङको तल्लो क्षेत्रको चिसापानी गाविस–८ बाट बिहेको जन्ती बोकेर धाप्लाङ–५… बाँकी अंश »

उदयपुरमा सडक अतिक्रमण गरेर व्यापार गर्ने कार्य झनै बढ्यो

गाईघाट (उदयपुर), २९ माघ । जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रको मुख्य सडकखण्डमा स्थानीय खुद्रा व्यापारीलगायत सब्जी व्यापारी तथा ठेला सञ्चालकले सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ । मुख्य सडकखण्डको दुवैपट्टिको भाग अतिक्रमण गरेर व्यापारीले पसल… बाँकी अंश »