selfinitiatives

बीस वर्ष अध्यापन अहिले बाख्रापालन

बागलुङ, २० असोज । यहाँका एक पूर्व शिक्षकले व्यावसायिक बाख्रापालन सुरु गरेको एक वर्षमै राम्रो कमाई गर्न सफल हुनुभएको छ । बागलुङको मल्म–१ छिसका ४३ वर्षीय मित्र खरेलले स्थापना गरेको खरेल बाख्रा उत्पादन फार्मबाट वर्ष दिनमै रु एक लाखभन्दा बढी आम्दानी भएको… बाँकी अंश »

पदमार्ग निर्माणका करिब रु. ४६ लाख सहयोग

बाबियाचौर -म्याग्दी, ३० चैत । म्याग्दी सदरमुकाम बेनीदेखि पर्वतको मल्लाज माझफाँट जोड्ने कालीपुल-डिलफाँट पदमार्ग निर्माणका लागि एक विदेशी संस्थाले करिब रु. ४६ लाख सहयोग गरेको छ । बेल्जियमको विकास नेपाल बेल्जियम संस्थाबाट पदमार्ग निर्माणका लागि रु. ४५ लाख ७८ हजार… बाँकी अंश »

गाउँलेको लगानीमा खेलमैदान निर्माण

बाबियाचौर -म्याग्दी, २६ चैत । म्याग्दीको ताकम गाविस धारापानी गाउँका बासिन्दाले सरकारी अनुदानबिना नै लाखाँै लगानी गरेर बहुउद्देश्यीय खेलमैदान निर्माण गरेका छन् । ताकम गाविस-१ र २ नम्बरमा पर्ने धारापानीका बासिन्दाले चन्दा सङ्कलन र श्रमदान गरेर स्थानीय किसानी माविको परिसरको… बाँकी अंश »

विद्यालयलाई रु पाँच लाख सहयोग

धनकुटा, १ चैत । धनकुटा नगरपालिका- ५ माथिल्लो कोप्चेका गोपालदास मास्केले सदरमुकाममा रहेको तल्लो गोकुण्डेश्वर बालमन्दिर उच्चमाध्यमिक विद्यालयलाई रु पाँच लाख सहयोग गर्नुभएको छ । विद्यालयको भौतिक विकासका लागि उहाँले प्रधानाध्यापक दामोदरप्रसाद मिश्र र व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार र्राईलाई संयुक्तरुपमा… बाँकी अंश »

गाँस काटेर कमाएको रकम किड्नी र आँखाका बिरामीलाई सहयोग

गोरखा, २१ फागुन । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका गोरखाली युवाहरुको पहलमा सिम्जुङ-४ गोरखाका हरि भट्ट र बुङ्कोटका प्रवेश परियारलाई आर्थिक सहयोग गरिएको छ । त्यहाँ कार्यरत युवाले आफ्नो गाँस काटेर सङ्कलन गरेको रकमबाट गोरखा परिवार वेयलफेयर फाउन्डेसनमार्फ किड्नी… बाँकी अंश »

बागलुङ समाज बेल्जियमद्वारा आठ लाख सहयोग

बागलुङ, १ फागुन । बागलुङ समाज बेल्जियमले परोपकारी कामको लागि रु आठ लाख सहयोग गरेको छ । समाजले विभिन्न संस्था र व्यक्तिलाई समेत गरी उक्त सहयोग प्रदान गरेको हो । बागलुङबाट रोजगारीका लागि बेल्जियम पुगेका नेपालीहरूले सङ्कलन गरेको रकमबाट उक्त… बाँकी अंश »

विद्यालयमा जग्गा दान र छात्रावास निर्माण

गोलबजार -सिरहा, २८ माघ । सिरहाको बर्छवा नरहास्थित जनता बनबाली उच्च माविमा स्थानीय चार दाजुभाइले जग्गा दान गर्नाका साथै छात्रावास निर्माण गरेका छन् । स्थानीय रापैत यादव, राजवंशी यादव, राजनारायण यादव र शिवनारायण यादवले संयुक्तरुपमा एक कÝा पाँच धुर जग्गा… बाँकी अंश »

एकै घरका चार अपाङ्गलाई सहयोग

फलेवास -पर्वत, १० माघ । कतारमा रोजगारी गरी बस्दै आएका एक युवाले एकै घरका चार अपाङ्ग बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । पर्वतको रानीपानी-६ पस्यारका बलबहादुर परियारका अपाङ्ग चार सन्तानलाई रु ४१ हजार ८२५ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।… बाँकी अंश »

प्रवासी गोरखालीद्वारा बहिरा विद्यार्थीलाई सहयोग

गोरखा, ९ माघ । गोरखा जन्मभूमि भएर खाडी मुलुक युर्एइको दुबई सहरमा कार्यरत गोरखालीको संस्था गोरखा सेवा समाजले यहाँका बहिरा विद्यार्थीलाई कपडा सहयोग गरेका छन् । गोरखा नगरपालिका-८ स्थित मनकामना बहिरा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि एक लाख मूल्य… बाँकी अंश »

पत्रकारिताको विकासका सहयोग

पोखरा, २७ मङ्सिर । पोखरामा पत्रकारिता विकासका लागि समाजसेवी तर्ीथबहादुर बस्नेत र उहाँकी धर्मपत्नी उर्मिला बस्नेतले रु ५० हजार सहयोग गर्नुभएको छ ।बस्नेत दम्पतीको २५ औँ विवाहोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा  नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि रु २५ हजार … बाँकी अंश »