salyan

संरक्षणको अभावमा वनगाडी लोकसंस्कृति लोप हुँदै

सल्यान, चैत २० गते । सल्यानको पश्चिमी क्षेत्रका पुराना लोकभाका तथा नृत्यहरु लोप हुँदै जान थालेका छन् । जिल्लालाई चिनाउने चर्चित वनगाडी टप्पा, लहरे, सिगारु, सरिङ्गे मयूर र हिउँपा नृत्यहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका हुन् । त्यसैगरी दमारे… बाँकी अंश »

दूग्ध उत्पादनबाट गाउँमै लाखौँ आम्दानी

सल्यान, १३ चैत । जिल्लाको उत्तरी भेगमा किसानले दूग्ध उत्पादनबाट गाउँमै लाखौँ आम्दानी गर्न थालेका छन् । पुस्टकारी, छुर्पी, पनिर लगायतका दूग्ध उत्पादनबाट किसानले लाखौँ उत्पादन गर्न थालेका हुन् । किसानले डेरीमार्फत छुर्पी, पनिर र पुस्टकारी बनाउन थालेपछि कोटमौला, कोटबारा,… बाँकी अंश »

चौध वर्षदेखि दूषित पानी सेवन

सल्यान, १३ चैत । काटमौला–९ का बासिन्दा चौध वर्षदेखि दूषित पानी पिउन बाध्य भएका छन् । गाउँमा सञ्चालन भएको खानेपानी आयोजना लामो समयसम्म मर्मत हुन नसकेपछि स्थानीयवासीले खिया लागेको जीर्ण पाइपबाट आएको खियासहितको पानी प्रयोग गरिरहेका छन् । मौरीघारे र… बाँकी अंश »

स्थानीय जनताको पहलमा ११ किमि सडक निर्माणपछि गाउँमै गाडी

सल्यान, १ चैत । रुकुम र सल्यानको सिमानामा पर्ने नुवाकोट र दार्माकोट गाविसका बासिन्दाले आफ्नै लगानीमा सडक गाउँमा पु¥याएका छन् । दुई गाविसका स्थानीयवासीले करिब रु ५७ लाख ९७ हजार सङ्कलन गरी ११ किलोमिटर सडक निर्माण गरेपछि बस गाउँमै पुगेको… बाँकी अंश »

बाढीपीडित चिसो बालुवामा बसेर पढ्दै

सल्यान, २८ फागुन । काप्रचौर गाविसमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय घुइयाबारीका विद्यार्थी बलौटे भुइँमा बसेर पढ्न बाध्य भएका छन् । गत साउनमा आएको बाढीले विद्यालय भवन बगाएपछि स्थानीयवासीले बालुवामै बनाएका अस्थायी टहरामा बसेर बालबालिकाले पढ्दै आएका छन् । स्थानीयवासीको सहयोगमा… बाँकी अंश »

८१ वर्षीया घर निकाला एक महिनादेखि जङ्गल र सडकको बास

सल्यान, १९ फागुन । दार्माकोटमा घर निकाला गरिएकी वृद्धा सल्यानको श्रीनगरमा एक महिनादेखि अलपत्र परेकी छन् । दार्माकोट गाविस ८ पैयाँडाँडाकी ८१ वर्षीया मनी वलीलाई उनका परिवारले एक महिनाअघि घर निकाला गरेका हुन् । घर निकालापछि जङ्गल र सडकपेटीमा बास… बाँकी अंश »

मौरीपालन व्यवसायबाट लाखौँको रकम गाउँमा भित्रिँदै

सल्यान, १७ फागुन । जिल्लाको कालिमाटी गाविसका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घरखर्च चलाउन सजिलो भएको कालिमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ… बाँकी अंश »

कालोधन छानबिनमा सरकार उदासिन

सल्यान, १० फागुन । संविधानसभाअन्तर्गतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले स्वीस बैंकमा नेपालीले जम्मा गरेको भनिएको रकम छानबिन गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ । सरकारले छानबिन प्रक्रियालाई नै अघि नबढाएर लाचारीपन देखाएको प्रेस चौतारी नेपाल सल्यानले आज खलङ्गामा आयोजना… बाँकी अंश »

आगलागीबाट पाँच घर जले

सल्यान, १० फागुन । लेखपोखरा – २ पाखापानी सार्कीगाउँमा शनिबार बिहान भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मानसिक सन्तुलन ठीक नभएको भनिएका स्थानीयवासी २७ वर्षीय राजेश सार्कीले स्थानीयवासीका घरमा आगजनी गर्दै हिँडेपछि एकै पटक सबै… बाँकी अंश »

बालकको जिप दुर्घटनामा मृत्यु

सल्यान ६, फागुन । शारदा नगरपालिका– २ मैसेपानीमा जिप दुर्घटना हुँदा सोही ठाउँका चारवर्र्षीय गौरव खानको बालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रसिद्ध तीर्थस्थल छायाक्षेत्र मन्दिरमा तीर्थालु लिएर जाँदै गरेको वा ११ च ८२८ नंको… बाँकी अंश »