rescued

उत्तरी चीनको एक कोइला खानीमा २४ फसे, २२३ को उद्धार

ताइयुआन (चीन), बैशाख ८ गते । उत्तर चीनको सान्सी प्रान्तमा अवस्थित एक कोइला खानीमा पानीको भेल पसी त्यहाँ कार्यरत २४ व्यक्ति फसिरहेका जनाइएको छ । स्थानीय समयानुसार आइतबार साँझ ६ः५० मा खानी भित्र भेल पसेको कोइला खानी संस्थापकले सोमबार जानकारी… बाँकी अंश »

नयाँदिल्ली पुगेका चार बालकको उद्धार

कपिलवस्तु, चैत २७ गते । भारतको नयाँदिल्ली पुगेका सप्तरीका चार बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ । प्रवासी मञ्च नेपालको सहयोगमा कपिलवस्तुस्थित शान्ति पुनःस्थापना केन्द्रले अलपत्र अवस्थामा रहेका ती बालकलाई उद्धार गरी जिल्लामा ल्याएको हो । सप्तरीस्थित राजबिराज नगरपालिका–९ राजगल्ली… बाँकी अंश »

श्रम र यौन शोषणमा परेका १७ महिलाको उद्दार

बाँके, चैत २६ गते । खाडी मुलुक तथा भारतका विभिन्न स्थानमा श्रम तथा यौन शोषणमा परेका १७ नेपाली महिलाको पछिल्लो एक वर्षको अवधिमा उद्दार गरिएको छ । माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले खोजीका लागि निवेदन परेकामध्ये उद्दार गरिएकाको… बाँकी अंश »

सोह्र बालबालिकाको बालश्रम गर्न लैजाँदै गर्दा उद्धार

काठमाडौँ, १६ चैत । काठमाडौँको कपन कार्पेट कारखानामा काम गरेका १६ बालबालिकालाई चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ । आठदेखि १३ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउन चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी नायब उपरीक्षक प्रवीण… बाँकी अंश »

डोरीले बाँधेर राखिएकाको उद्धार

रत्ननगर (चितवन), १३ चैत । लामो समयदेखि डोरीले बाँधेर राखिएका मनोरोगी भण्डारा–४ निवासी २१ वर्षीय अनिल महतोको आज रेडक्रसको पहलमा उद्धार गरिएको छ । परिवारले नै बाँधेर राखेको र उपचार पनि हुन नसकेको जनाएपछि उद्धार गरी उपचारार्थ भरतपुर अस्पताल ल्याइएको… बाँकी अंश »

गाईबाच्छाको उद्धार

काठमाडौँ, १ चैत । वनकालीस्थित मठमन्दिर गाई–बाच्छा बचाउ तथा समाज विकास अभियानले पाशुपत क्षेत्रमा छाडा छाडिएका थप दुई बाच्छी तथा तीन गोरु उद्धार गरेको छ । काभ्रेपलाञ्चोकका आरबी न्यौपानेले नेतृत्व गरेको सो संस्थाले फागुन २७गतेदेखि पुनः गौ उद्धार कार्यक्रम चलाएको… बाँकी अंश »

सशस्त्र प्रहरीले बेवारिसे भारतीय किशोरीको उद्धार

रौतहट, १ चैत । यस जिल्लाको चन्द्रपुर नगरपालिका– १२ मा रहेको सशस्त्र बेस क्याम्प सन्तपुरले शुक्रबार बेवारिसे अवस्थामा रहेकी एक भारतीय किशोरीलाई उद्धार गरेको छ । क्याम्पका सशस्त्र प्रहरी नायब उपरीक्षक निरान्कर शुक्लाको नेतृत्व टोलीले चन्द्रपुर नगरपालिका–१२ मा बेवारिसे अवस्थामा… बाँकी अंश »

बेपत्ता मैनालीको उद्धार

सुरुङ्गा, २६ फागुन । तीन दिनदेखि बेपत्त झापा शिवसताक्षी नगरपालिका–७ स्थित दुधे बजारका सुन व्यापारी रामप्रसाद मैनालीलाई प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ । सुनचाँदी पसल सञ्चालन गरेर बस्नुभएका मैनाली अपहरणमा परेको हुन सक्ने जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाले… बाँकी अंश »

टापूमा फसेका ३५ जनाको उद्धार

भीमदत्तनगर, २० फागुन । महाकाली नदीको बीच भागमा रहेको टापूमा अलपत्र परेका स्थानीय बासिन्दाको सुरक्षा निकायले आज दिउँसो उद्धार गरेको छ । बालुवा र गिट्टी सङ्कलन गर्न नदीको बीचमा रहेको टापूमा पुगेका उनीहरु पानीको बहाव बढेपछि त्यहाँ फसेका थिए ।… बाँकी अंश »

सात पर्यटकको लोमान्थाङबाट उद्धार

मुस्ताङ, २० फागुन । तीन दिनदेखि निरन्तरको हिमपातले जिल्लाको लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको मङ्गलबार दिउँसो उद्धार गरिएको छ । मनाङ एयरको हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको हो । उनीहरुलाई उद्धारपछि सिधै काठमाडौँ लगिएको जिल्ला प्रहरी… बाँकी अंश »