Police

प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ । सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती… बाँकी अंश »

हवल्दारको बसले ठक्कर दिँदा मृत्यु

विराटनगर, १२ चैत । यात्रुवाहक बसको ठक्करबाट आज दिउँसो मोरङमा एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर घाइते भएकी छन् । पाँचथरको यासोक–५ घर भई हाल मोरङको टङ्कीसिनुवारीस्थित कङ्कालिनी गणमा कार्यरत ३५ वर्षीय हवल्दार दीपक श्रेष्ठको… बाँकी अंश »

आठ वर्षीया बालिका झापा प्रहरीको शरणमा

सुरुङ्गा (झापा), १० चैत । आफ्नै जन्मदिने बुबाले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दिनहुँ कुटपिट गर्दै होटलमा काम गर्न लगाएपछि धनुषाकी आठ वर्षीया एक बालिका भागेर झापा आएर प्रहरीको शरण परेकी छिन् । नेपाली भाषासमेत राम्रोसँग बोल्न नजान्ने मनिषाकुमारी मण्डल… बाँकी अंश »

सिरहाको भगवानपुरमा प्रहरीद्वारा १६ किलो गाँजा बरामद

लहान, ४ चैत । प्रहरीको गस्ती टोलीले आज सिरहाको भगवानपुर–३ स्थित एक घरबाट लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीको टोलीले भगवानपुर —३ स्थित लालबाबु यादवको घरबाट १६ किलो गाँजा बरामद गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले… बाँकी अंश »

चितवनको पिप्लेमा प्रहरी र गाँजा तस्करबीच भिडन्त, एकको मृत्यु

रत्ननगर (चितवन), २४ फागुन । पूर्वी चितवनको पिप्लेमा प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा घाइते भएका तस्करतर्फका एकजनालाई उपचारार्थ भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको चितवन प्रहरीले आज एक विज्ञप्ति… बाँकी अंश »

हराएका तथा चोरी भएका मोबाइल फेला पर्न थाले

चितवन, १८ फागुन । मोबाइल चोरी बढेसँगै प्रहरीले सक्रियता बढाएपछि यहाँबाट हराएका तथा चोरी भएका मोबाइल फेला पर्न थालेको छ । महँगो मूल्यका मोबाइल हराएर वा चोरी भएर निराश भएका व्यक्तिहरुमा यसले राहत मिलेको छ । चितवन जिल्लाबाट हराएका तथा… बाँकी अंश »

काममा खटिएका प्रहरीको मृत्यु

चौतारा, १० फागुन । काममा खटिइरहेका बेला अचानक बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एक प्रहरी जवानको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । रौतहट जिल्लाको सरुआट गाविस–३ स्थायी घर भएका प्रहरी जवान ३४ वर्षीय राजकुमार राय यादवको आज… बाँकी अंश »

प्रहरीद्वारा पचास किलो गाँजा बरामद

लहान, २६ माघ । प्रहरीको टोलीले गएराति सिरहाको नहरा रिगौल गाविस–२ बाट ५० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा नहरा रिगौल गाविस–२ निवासी सिल्टादास तत्माको घरबाट दुईवटा बोरामा प्याकिङ गरी… बाँकी अंश »

प्रहरीद्वारा विपन्न परिवारलाई कम्बल वितरण

लुम्बिनी (रुपन्देही), १४ माघ । लुम्बिनी अञ्चल प्रहरी कार्यालय भैरहवाले जिल्लाका विभिन्न स्थानमा पुगेर विपन्न तथा शीतलहर प्रभावित परिवारलाई राहतस्वरुप कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । नेपाल सेयर नामक संस्थाको न्यानो संसार अभियानको सहयोगमा रुपन्देहीको मेउडीहवा, गल्लामण्डी, सिक्टहन,… बाँकी अंश »

फोन गरेर प्रहरीलाई जिस्क्याउनेहरु पक्राउ

गोरखाबजार, १३ माघ । साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ । गोरखाका दुईजना, छिमेकी जिल्ला लम्जुङ र धादिङका एक÷एकजना गरी चारजनालाई नियन्त्रणमा लिएर… बाँकी अंश »