panchthar

हावाहुरीबाट एकै परिवारका तीनको मृत्यु

पाँचथर, वैशाख ६ गते । प्राङबुङमा वर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीका कारण एकै परिवारका तीनको गए राति मृत्यु भएको छ । भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्किंदै गरेका प्राङबुङ–३ का श्रीप्रसाद खपाङ्गीसहित उहाँको परिवार प्राङबुङ–६ मा आइपुग्दा तीव्र गतिमा… बाँकी अंश »

२५ गाविसका सेवाग्राही मर्कामा

पाँचथर, वैशाख ३ गते । जिल्लाको दक्षिणी गाविस रविमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकसहित १३ जनाको दरबन्दी भए पनि अहिले पूर्ण कर्मचारी नहुँदा त्यस क्षेत्रका सेवाग्राही मर्कोमा परेका छन् । पाँचथर र इलामको सीमावर्ती गाविस रविमा विगत लामो समयदेखि अहिलेसम्म… बाँकी अंश »

स्थानीयकै सक्रियतामा मोटरबाटो निर्माण

पाँचथर, २८ फागुन । स्थानीय बासिन्दाको सक्रियतामा पाँचथरको याङ्नाम– १ स्थित रुपनारायण गोलाई चोकबाट पच्चीसे जोड्ने अढाइ किलोमिटर लामो मोटरबाटो निर्माण गरिएको छ । स्थानीयबाटै चन्दा सङ्कलन तथा श्रमदानबाट रु १२ लाख तथा पाँचथर हाइड्रो पावर कम्पनीबाट रु ६ लाख,… बाँकी अंश »

कोहिरी उत्खनन गर्न रोकेपछि मध्यपहाडी लोकमार्गको आयोजनाको काम ठप्प

पाँचथर, २५ फागुन । जिल्ला विकास समिति तथा वन कार्यालयले कोहिरी उत्खनन गर्न रोकेपछि राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी लोकमार्गअन्तर्गत फिदिमस्थित जोरसालदेखि तमोर नदीसम्म निर्माणाधीन आयोजनाको काम ठप्प भएको छ । फिदिम–ताप्लेजुङ सडकखण्डको फिदिमदेखि पाँच किलोमिटरमा रहेको सडकदेखि दायाँबायाँ १५ मिटर… बाँकी अंश »

एक विकलाङ्ग वृद्धालाई पवित्र सेवा समाजले दियो राहत

पाँचथर, १३ फागुन । हातखुटा चल्न नसक्ने विकलाङ्ग अवस्थामा रहेकी जिल्लाको नाँगी गाविसकी एक वृद्धालाई पवित्र सेवा समाज, धापासी, काठमाडाँैले आज राहत प्रदान गरेको छ । नाँगी गाविस–३ निवासी ७८ वर्षीया तुलसीमायाँ विश्वकर्मालाई लत्ताकपडा, फलफूल, खाद्यान्न, नगदसहित राहत रकम प्रदान… बाँकी अंश »

मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटियो

पाँचथर,१० फागुन । पाँचथरको फिदिममा रहेको एक पसलमा मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटिएको छ । जिल्ला प्रशासन कार्यालय, पाँचथरको आज नवनिर्मित भवनको गृहसचिव सूर्यप्रसाद सिलवालले गर्ने उद्घाटन कार्यक्रममा फिदिमस्थित तिमल्सेना स्टोर्सले दिएको २० कार्टुन मिनरल वाटरभित्र मरेको मुसा… बाँकी अंश »

‘रुद्रको आँसु’बाट राम्रो आम्दानी

पाँचथर, १० फागुन । एकतीन गाविसका बासिन्दाले परीक्षणका लागि रोपेको रुद्राक्षबाट राम्रो आम्दानी हुन थालेको छ । पूर्वका भोजपुर, सोलुखम्बुलगायत जिल्लामा मात्रै हुने रुद्राक्षको यस जिल्लामा पनि परीक्षणका रुपमा खेती हुन थालेको छ । रुद्राक्ष रुद्र अर्थात् शिवको आँसु मानिन्छ… बाँकी अंश »

आलोपालो गर्दै कैदीबन्दीहरु खाटमुनि सुत्न बाध्य

पाँचथर, ५ फागुन । जिल्ला कारागार पाँचथरमा अहिले क्षमताभन्दा साढे पाँचगुणा कैदीबन्दी रहेपछि खान, बस्न तथा सुत्नको समस्या भएको छ । तीसजनाको क्षमता रहेको उक्त कारागारमा अहिले १७४ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका… बाँकी अंश »

सामाजिक सुरक्षा भत्ता लिन झन्झट

पाँचथर, ४ फागुन । बैंकमार्फत भत्ता वितरण हुन थालेपछि पाँचथर नगरपालिकाका वृद्धवृद्धा तथा अपाङ्गहरूलाई सास्ती भएको छ । सरकारले राहतस्वरुप उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने प्रावधान ल्याएपछि उनीहरूलाई राहतभन्दा बढी सास्ती भएको हो । विगतमा टोल–टोलमा… बाँकी अंश »

गुम्बा शिक्षा ठप्प

पाँचथर, २९ माघ । एकतिनमा रहेको पूर्वाञ्चलकै पुरानो आगेजुङ साङ्छ्यो गुम्बा र लिम्वामा रहेको दावादेछेन छ्योलिङ गुम्बामा गुम्बा शिक्षा अहिले ठप्प छ । दुवै गुम्बामा व्यवस्थापकीय कमजोरी र अपेक्षा गरेजस्तो सरकारी निकायबाट सहयोग नहुँदा गुम्बा शिक्षा सञ्चालन नभएपछि शान्तिका पुजारी… बाँकी अंश »