melamchi

अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज हुने

मेलम्ची, वैशाख ११ गते । जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जिल्लामा अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज गर्ने भएको छ । जिल्लामा हालसम्म अनुमति पाएका ३८ वटा संस्थागत विद्यालयमध्ये गुन्सामा रहेको आमा याङरी कम्युनिटी इङ्लिस बोर्डिङ स्कुलबाहेक ३७ वटा विद्यालय सञ्चालनमा रहेका… बाँकी अंश »

माओवादीद्धारा ३०० रोपनी जग्गा कब्जामा

मेलम्ची, वैशाख ७ गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा ९माओवादी०ले सिन्धुपाल्चोकका विभिन्न गाविसमा रहेको ३०० रोपनी जग्गा कब्जामा लिएका छन् । माओवादी सशस्त्र युद्धका बेला कब्जा गरेको जग्गा भूमाफियाले बेचबिखन गर्न लागेको भन्दै बाध्य भएर आफूहरुले जग्गा कब्जामा लिएको माओवादीले… बाँकी अंश »

मेलम्चीको पानी आएपछि न्यूनतम महसुल बढ्ने

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकाका काकाकुल जनताका लागि डेढ दुई वर्षपछि मेलम्चीको पानी आउने निश्चित भए पनि सामान्य मानिसका लागि पानीको महसुल तिर्न मुस्किल हुने देखिएको छ । उपत्यकामा पानी आउने समय पटक–पटक सर्दा मेलम्ची खानेपानी आयोजनाको लागत बढ्न… बाँकी अंश »

हेलम्बुमा अलँैचीखेतीको विस्तार

मेलम्ची, १७ चैत । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसमा अलैँचीखेतीको विस्तार भएको छ । स्याउका लागि प्रख्यात मानिने हेलम्बु अलैँचीका लागि समेत उपयुक्त मानिएको छ । बजार निर्यात हुने अलैँची लिनका लागि ग्राहक गाउँमै पुग्ने गरेका छन् । भागौँ वन उपभोक्ता… बाँकी अंश »

वैदेशिक रोजगार व्यवस्थित पार्न स्वयम्सेवक परिचालन

मेलम्ची, १७ चैत । सिन्धुपाल्चोक जिल्ला विकास समितिले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन गाउँ–गाउँमा ‘रिटर्नी’ स्वयम्सेवक विस्तार गर्ने भएको छ । जिविसले वैदेशिक रोजगारबाट फर्केकामध्येबाट १० गाविसमा ‘रिटर्नी’ स्वयम्सेवक परिचालन गर्न लागेको हो । त्यस्ता स्वयम्सेवकका लागि गाउँमा परिचालन गर्न तालिमसमेत… बाँकी अंश »

विद्युत् लाइनमुनिका रुख काट्न सुरु

मेलम्ची, १३ चैत । जिल्लाको बतासे गाविसका स्थानीय बासिन्दाले दुर्घटनाबाट बच्न विद्युत्को मुख्य लाइनमुनि पर्ने हरिया रुखहरू काट्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएपछि विद्युत्को तारलाई छोएका हरिया रुखहरू स्थानीय बासिन्दा आफैँले काट्न… बाँकी अंश »

यार्सागुम्बा सङ्कलनका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अनुमति दिने

मेलम्ची, १२ चैत । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको भू–भाग समेटेको लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय वासिन्दालाई यार्सागुम्बा सङ्कलनका लागि इजाजत दिने भएको छ । सरकारले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०७१ मा यार्सागुम्बा सङ्कलन अनुमति दिनका लागि… बाँकी अंश »

कृषिका लागि ट्र्याक्टर वितरण गरिने

मेलम्ची, १० चैत । सिन्धुपाल्चोक जिल्लामा परम्परागत खेती प्रणालीभन्दा आधुनिक खेती गर्ने प्रणालीको विकास गर्ने हेतुले जिल्ला कृषि विकास कार्यालयले यस वर्ष जिल्लाका किसानलाई कृषिका ट्र्याक्टर वितरण गर्ने भएकोछ । कृषि प्रसार कार्यक्रमअन्तर्गत हाते ट्र्याक्टर २१ वटा, ठूलो क्षमताको तीन… बाँकी अंश »

विद्युतीय पोल र तार व्यवस्थापन गर्न तीन करोड

मेलम्ची, ४ चैत । सिन्धुपाल्चोक जिल्लाको विभिन्न क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युतीय तार व्यवस्तित गर्न जिल्ला विकास समितिले चालु आर्थिक वर्षको लागि रु तीन करोड बजेट छुट्याएको छ । अव्यवस्थित रुपमा रहेका तारबाट करेन्ट लागेर मानवीय तथा भौतिक क्षति भएपछि… बाँकी अंश »

करेन्ट लागेर एक महिलाको मृत्यु

मेलम्ची, ३ चैत । सिन्धुपाल्चोक जिल्लाको बराम्ची–१ मा करेन्ट लागेर आज बिहान एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि खमारे जङ्गलमा गएकी बराम्ची–१ की २५ वर्षीया सरस्वती थापालाई विजुलीको तार सर्ट भई करेन्ट लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय… बाँकी अंश »