lumbini

लुम्बिनीमा सडक खाना महोत्सव सुरु

लुम्बिनी (रुपन्देही), वैशाख २ गते । नेपाली कला संस्कृति र खानालाई विश्वमाझ चिनाउने उद्देश्यले लुम्बिनीमा सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । ‘लुम्बिनीमा जाआँै, लुम्बिनीमा खाआँै, लुम्बिनीमा रमाऔँै’ भन्ने नारासहित मङ्गलबार उद्योग व्यापार सङ्गठन लुम्बिनी तथा होटल… बाँकी अंश »

नापी र मालपोत कार्यालय बुटवल विस्तार गर्ने निर्णयको विरोध

लुम्बिनी (रुपन्देही), २८ फागुन । सरकारले रुपन्देही सदरमुकाम भैरहवामा रहेका नापी र मालपोत कार्यालयको कार्यक्षेत्र विस्तार गरी बुटवल लैजान लागेको विषयलाई लिएर भैरहवामा विरोध चर्किएको छ । भैरहवामा रहेको नापी र मालपोत कार्यालय बुटवलमा विस्तार गर्ने सरकारको निर्णयविरुद्ध भैरहवाका राजनैतिक… बाँकी अंश »

वर्षाले रुपन्देहीमा पाँच करोडको इँटा नष्ट

लुम्बिनी (रुपन्देही), २२ फागुन । फागुन तेस्रो साता परेको बेमौसमी वर्षाका कारण रुपन्देहीमा रु पाँच करोडको इँटा गलेर नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी सङ्घका अनुसार फागुन ६ गते र १४ गते परेको वर्षाका कारण रुपन्देहीमा मात्रै रु पाँच… बाँकी अंश »

‘अन्टार्कटिकामा नेपाली माटो’ भव्य प्रदर्शन

लुम्बिनी (रुपन्देही), २० फागुन । अन्टार्कटिका महाद्वीपमा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माको जीवनीमा आधारित ‘अन्टार्कटिकामा नेपाली माटो’ नामक वृत्तचित्र भैरहवामा भव्य प्रदर्शन गरिएको छ । मङ्गलबार भैरहवास्थित पद्यमाश्री चलचित्र मन्दिरमा प्रदर्शन गरिएको वृत्तचित्र कलेज तथा उच्चमाविका विद्यार्थी, साहित्यकार, विभिन्न… बाँकी अंश »

बेमौसमी वर्षाका कारण रु साढे सात करोडको क्षति

लुम्बिनी (रुपन्देही), १७ फागुन । यही फागुन ६ गते परेको बमौसमी असिना पानीका कारण रुपन्देहीको कृषकले रु साढे सात करोड क्षति व्यहोर्नुपरेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार राति अकस्मात परेका असिनाको कारण कृषकहरूले लगाएको गहुँ, तोरी, आलु,… बाँकी अंश »

भैरहवामा डेढ अर्ब राजस्व सङ्कलन

लुम्बिनी (रुपन्देही), १७ फागुन । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्र्षको सात महिनामा रु एक अर्ब ५३ करोड ८५ लाख नौ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा भएको राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा करिब २७… बाँकी अंश »

पाँच युवतीको भारत लैजाँदै गर्दा उद्धार

लुम्बिनी (रुपन्देही), १४ फागुन । काम लगाइदिने भन्दै नेपाल भारत सीमानाका सुनौली हुँदै भारत लैजान लागिएका पाँच युवतीलाई उद्धार गरिएको छ । चेलीबेटी तथा मानव बेचबिखन विरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुँदै भारततर्फ लैजाँदै गरिएका पाँचजना नेपाली… बाँकी अंश »

आधादर्जन सहकारीद्वारा तीन करोड रकम हिनामिना

लुम्बिनी (रुपन्देही), १३ फागुन । जिल्लाका आधादर्जन सहकारी संस्थाले सर्वसाधारणको रु तीन करोड बढी रकम हिनामिना गरेका छन् । रुपन्देहीको भैरहवा तथा बुटवलका आधादर्जन सहकारी संस्थाहरु यहाँका सर्वसाधारणको बचत, सेयर रकम र जगेडा कोषवापतको तीन करोड बढी रकम लिएर फरार… बाँकी अंश »

छिमेकीको कुटाइबाट मृत्यु

लुम्बिनी (रुपन्देही) ६ फागुन । रुपन्देहीको सूर्यपुरा–७ का ६९ वर्षीय बद्री कलवारको छिमेकीको कुटाइबाट मृत्यु भएको छ । खेतमा घाँस काटेको विषयमा भएको विवादपछि कुटपिट हुँदा कलवारको मृत्यु भएको प्रहरीले बताएको छ । स्थानीय शम्भु बराई र उनकी श्रीमती सङ्गीताले… बाँकी अंश »

कुखुराको मासुको मूल्य आकासियो, प्रतिकेजी रु ३४० सम्म

लुम्बिनी (रुपन्देही), २७ माघ । रुपन्देहीमा बोइलर कुखुराको मासुको मूल्य आकासिएको छ । जिउँदो कुखुराको अभाव देखाउँदै व्यवसायीले कुखुराको मूल्य पछिल्लो चार÷पाँच महिनायताकै उच्च बनाएका छन् । एक हप्तासम्म प्रतिकेजी रु २५० देखि रु २८० सम्ममा पाउँदै आएको कुखुराको मासु… बाँकी अंश »