lalitpur

आपत्कालीन रक्तसञ्चार केन्द्रको स्थापना

ललितपुर, वैशाख ८ गते । राजधानीमा हुन सक्ने भूकम्पीय जोखिमलाई दृष्टिगत गरी केन्द्रीय नेपाल रेडक्रसको पहलमा ललितपुरको बालकुमारीमा आपत्कालीन रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि सबै राजनीतिक दलसँगको छलफल… बाँकी अंश »

स्वाइन फ्लुका कारण एक महिलाको निधन

काठमाडौँ, १८ चैत । पेटमा बच्चाको मृत्यु भई गम्भीर अवस्थामा ललितपुरको अल्का अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी निभा कर्णको आज स्वाइन फ्लुसमेतका कारण निधन भएको छ । सो अस्पताल स्रोतका अनुसार गत आइतबार गम्भीर अवस्थामा भर्ना हुनुभएकी पर्सा वीरगन्ज निवासी… बाँकी अंश »

ललितपुरमा बलात्कारका सिकार सबैभन्दा बढी विद्यार्थी

ललितपुर, १८ चैत । बदलिँदो सामाजिक संरचना र बालबालिकामाथि अभिभावकको निगरानीको कमीले गर्दा प्रलोभन तथा ललाइफकाइमा पारेर जबर्जस्ती करणीका घटना हुने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जिल्लामा आर्थिक… बाँकी अंश »

मोटरसाइकल दुर्घटनामा मृत्यु

ललितपुर, १७ चैत । ललितपुरको ग्वार्कोमा दुर्घटनामा परी काठमाडौं चाल्नाखेल निवासी २४ वर्षीया इन्द्रमाया मगरको मृत्यु भएको छ । आज दिउँसो बा ६३ प ४९६६ नंको मोटरसाइकलले मे १ ख १३३३ नंको ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलको पछाडि रहेकी महिला… बाँकी अंश »

वैशाखमा बुङ्मती महोत्सव हुने

ललितपुर, ११ चैत । आगामी वैशाखमा बुङ्मती महोत्सव २०७२ हुने भएको छ । प्रसिद्ध लामो जात्रा रातो मत्स्येन्द्रनाथको १२ वर्षे मेलाको अवसर पारेर आउँदो वैशाख ५ देखि ९ गतेसम्म महोत्सव हुन लागेको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी… बाँकी अंश »

घिरौँलाको जालो बेचेर वार्षिक दुई लाख आम्दानी

कार्यविनायक (ललितपुर), २४ फागुन । ललितपुरको कार्यविनायक नगरपालिका–१५ का कृष्णबहादुर घिमिरेले घिरौँलाको जालो बिक्री गरी वार्षिक करिब रु दुई लाख आम्दानी गर्नुहुन्छ । विसं २०५३ देखि कृषि पेसामा संलग्न घिमिरेले २०५७ सालदेखि तरकारीखेती गर्दै आउनुभएको हो । छिपिएका र बीउ… बाँकी अंश »

अस्वस्थ खानपानले कलेजोमा समस्या

ललितपुर, ४ फाल्गुन । अस्वस्थकर खानपान र जीवनशैलीले सर्वसाधारणको कलेजोमा बढी समस्या पार्ने गरेको एक परीक्षण अध्ययनले देखाएको छ। अल्का अस्पतालले साताव्यापी चलाएको शिविरका क्रममा १ हजार ३ सय जनामा गरिएको स्वास्थ्य परीक्षणबाट यो तथ्य प्रकाशमा आएको हो। अल्पतालका कलेजो… बाँकी अंश »

प्रणय दिवसलाई ४० लाखको रातो गुलाफ

ललितपुर, २९ माघ । आउँदो प्रणय दिवसका लागि करिब रु ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । ‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ… बाँकी अंश »

बिरामीलाई फलफूल वितरण

चापागाउँ (ललितपुर), २५ माघ । लगनखेलस्थित मानसिक अस्पतालका अशक्त बिरामीलाई आज फलफूल वितरण गरिएको छ । ध्रुव थापा स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा अस्पतालमा रहेका करिब ५० जना बिरामीलाई फलफूल वितरण गरेको थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम्… बाँकी अंश »

सोनाम ल्होछार मनाइयो

चापागाउँ(ललितपुर), २५ माघ । ललितपुुरमा बसोवास गर्ने तामाङहरुले दुई हजार ८५१ सोनाम ल्होछार( ल्हुक) शनिबार गोदावरीमा मनाएका छन् । नेपाल तामाङ युवा धेदुङ ललितपुरको आयोजनामा ल्होछारका अवसरमा गरिएको वनभोज तथा साँस्कृतिक कार्यक्रममा यहाँ बसोवास गर्ने तामाङहरु आफ्नो वेशभूषामा उपस्थित थिए… बाँकी अंश »