khotang

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मारमा

खोटाङ, वैशाख ४ गते । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा त्यस क्षेत्रका हजाराँै सर्वसाधारण मारमा परेका छन् । स्वास्थ्य मन्त्रालयको एक प्राथमिक स्वास्थ्य केन्द्र, एक मेडिकल अधिकृत भन्ने अवधारणा भएपनि तोकिएअनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही… बाँकी अंश »

करेन्ट लागेर मृत्यु भएपछि स्थानीय आक्रोशित

खोटाङ, १७ चैत । मोबाइल चार्ज गर्ने क्रममा विद्युत् प्रवाह भई खोटाङको महादेवस्थान–१ का ४६ वर्षीय भरत दाहालको ज्यान गएपछि उनको आफन्त र स्थानीयवासी आक्रोशित भएका छन् । घटनाका विषयमा तत्काल छानबिन समिति बनाउनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग… बाँकी अंश »

परीक्षार्थीबाट शिशु जन्म

खोटाङ,१० चैत । प्रवेशिका परीक्षा दिइरहेकी एक परीक्षार्थीले बच्चा जन्माएकी छन् । डाँडागाउँ ओख्रेस्थित महेन्द्रोदय उमावि परीक्षा केन्द्रबाट एसएलसी दिइरहेकी शान्ति मावि छोरम्बुक सुजना राईले आज बिहान ११ बजे छोरा जन्माएको केन्द्राध्यक्ष केशवकुमार खड्काले जानकारी दिनुभयो । उनलाई रातिदेखि सुत्केरी… बाँकी अंश »

एउटै गाविसबाट ६० लाखको अम्रिसो निर्यात

खोटाङ, १० चैत । जिल्लाको दक्षिणी गाविस सुन्तलेबाट रु ६० लाखभन्दा बढीको अम्रिसो निर्यात भएको छ । तराईसँगको सिँधा यातायात जोडिएपछि यस वर्ष सुन्तले गाविसबाट मात्रै रु ६० लाखभन्दा बढीको अम्रिसो निर्यात भएको हो । सुन्तलेका स्थानीयवासीले उत्पादन गरेको अम्रिसो… बाँकी अंश »

द्वन्द्व पीडितलाई राहतका लागि सात वर्षपछि सिफारिस

खोटाङ, २५ फागुन । बम विष्फोटमा खुट्टा गुमाएकी खोटाङको दक्षिणी गाविस सुन्तले–२ की ३५ वर्षीया शान्तादेवी बन्जरालाई सात वर्षपछि राहतका लागि सिफारिस गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको बम विस्फोटबाट देब्रे खुट्टा गुमाएकी बन्जरा परिवारलाई सात वर्षपछि… बाँकी अंश »

सडक निर्माणका लागि एकै व्यक्तिबाट रु तीन लाख सहयोग

खोटाङ, २० फागुन । जिल्लाको पर्यटकीयस्थल हलेसी र दुर्छिमको चुमाखु भञ्ज्याङ जोड्ने सडक निर्माणका लागि एक दाताबाट रु तीन लाख चन्दा प्राप्त भएको छ । दुर्छिमबाट पर्यटकीय तथा धार्मिकस्थल हलेसी जोड्ने सडक निर्माणका लागि दुर्छिमका स्थानीय समाजसेवी जनकराज राईले रु… बाँकी अंश »

खोटाङमा यातायात सेवा भारी वर्षाका कारण अवरुद्ध

खोटाङ, १८ फागुन । भारी वर्षाका कारण खोटाङमा यातायात सेवा अवरुद्ध भएको छ । दुई दिनेदेखि लगातार परेको वर्षाका कारण दिक्तेल–हलेसी, दिक्तेल–फोक्सिङटार, दिक्तेल–जालपा, दिक्तेल–लामीडाँडा, दिक्तेल–पाथेकालगायतका सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको हो । वर्षाको पानीले कच्ची सडक हिलाम्मे बनेपछि र सवारीसाधन… बाँकी अंश »

विवाह भोजबाट फर्किएका पुरुष मृत फेला

खोटाङ, १७ फागुन । विवाह भोज खान गएर फर्किएका खोटाङका एक पुरुष मृत फेला परेका छन् । आफन्तको घरमा विवाहको भोज खाएर फर्किएका दिक्तेल नगरपालिका–१ का ४२ वर्षीय खिला घिमिरे शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज… बाँकी अंश »

शिवरात्रि मेलामा खोटाङको हलेँसीमा दर्शनार्थीको बाक्लो भीड

खोटाङ, ५ फागुन । पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेँसीमा पूजाआजा गर्ने र मेला भर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपाललगायत छिमेकी… बाँकी अंश »

बहुविवाह गर्ने जोडीलाई कैद र नगद जरिवाना

खोटाङ, २९ माघ । जिल्ला अदालतले बहुविवाह गरेको आरोपमा पक्राउ परेका मौवाबोटे–६ का भूमिराज राई र उनकी कान्छी श्रीमतीलाई एक एक वर्ष कैद र जनही रु १० हजार जरिवानाको फैसला सुनाएको छ । जेठी श्रीमती कारागार परेको समयमा दोस्रो विवाह… बाँकी अंश »