Kanchanpur

नेपाल आमाको मूर्ति स्थापना गर्न पदयात्रा

धनगढी, वैशाख ११ गते । कञ्चनपुरको महाकाली नदी किनारमा अवस्थित भम्केनी धामबाट सुरु गरिएको महाकाली–मेची पदयात्रा आज यहाँ आइपुगेको छ । नेपालका प्रथम जगतगुरु मोहनशरण देवाचार्यको नेतृत्वमा रहेको पदयात्रा वैशाख ५ गतेदेखि सुरु गरिएको हो । भम्केनी धाममा नेपाल आमाको… बाँकी अंश »

शुक्लाफाँटामा गैंडा गणना आजदेखि सुरु

भीमदत्तनगर, वैशाख ४ गते । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि गैंडा गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो,“हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ ।” गणना कार्यक्रममा… बाँकी अंश »

चट्याङले शिक्षकको मृत्यु

भीमदत्तनगर, वैशाख ३ गते । बैतडीको कुवाकोट गाविसमा बुधबार साँझ चट्याङमा परी एक शिक्षकको मृत्यु भएको छ । कुवाकोट गाविस–२ का ४५ वर्षीय वीरबहादुर साउदको मृत्यु भएको प्रहरी चौकी पुरचुडीहाडका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर सिंहले जानकारी दिनुभयो । घर… बाँकी अंश »

तीन वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर बनाइने

बेलौरी (कञ्चनपुर), चैत ३० गते । कृषि मन्त्री हरि पराजुलीले आउँदो जेठ १५ भित्र संविधानको पहिलो मस्यौदा ल्याइने बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले सरकारले जेठ १५ भित्रै नयाँ संविधानको पहिलो… बाँकी अंश »

विवाहिता महिलामाथि बलात्कार गर्ने पक्राउ

कञ्चनपुर, चैत २६ गते । विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोप्दै रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए… बाँकी अंश »

ताल ठेक्कामा दिएर विद्यालयलाई सघाउँदै सामुदायिक वन

कञ्चनपुर, चैत २६ गते । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– ९ सिसैयामा रहेको बृन्दावन सामुदायिक वनले आफ्ना स्वामित्वमा रहेको ताललाई ठेक्कामा दिएर विद्यालयलाई सघाउ पु¥याउँदै आएको छ । वनभित्र रहेको तालमा माछापालनका लागि रु ७६ हजार ७७० मा ठेक्का दिएर सामुदायिक… बाँकी अंश »

मोर्चाको बन्दमा महेन्द्रनगरबजार खुला

भीमदत्तनगर, चैत २४ गते । देशभर एकीकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चाको आमहड्तालको असर परिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरबजार भने खुला रहेका छन् । मोर्चाले आजदेखि सुरु गरेको तीनदिने आमहड्तालमा पनि महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार खुला रहने जनाएको छ… बाँकी अंश »

चैते बर्षाले गहुँबाली नष्ट

कञ्चनपुर चैत्र २३ गते । यस वर्ष गहु पाक्ने र काट्ने बेला बर्षा भएपछी कञ्चनपुरमा गहुँ उत्पादनमा कमि आउने भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गहुँ पाक्ने र काट्ने समयमा बर्षा भएका कारण यहाँका कृषकहरु विचल्लीमा परेका छन्… बाँकी अंश »

कञ्चनपुरका थारु महिला सामूहिक व्यवसायमा

कञ्चनपुर चैत्र, २० गते । कञ्चनपुरको ग्रामिण भेगका थारु समुदायका महिलाहरु आफुसंग प्रर्याप्त लगानी नभएका कारण भाडामा मेसिन ल्याएर सामूहिक व्यवसायमा जुटेका छन् । कञ्चनपुरको पिपलाडी गाविसका ग्रामिण भेगका आदिवासी राना–थारु समुदायका महिलाहरु सामूहिक व्यवसायमा जुटेका हुन् । सिकेको सिप… बाँकी अंश »

९ महिनामा नौ करोड ८९ लाख ३७ हजार राजश्व संकलन

महेन्द्रनगर,चैत २० गते । कञ्चनपुर भन्सार कार्यालयले नौ महिनाको अवधिमा नौ करोड ८९ लाख ३७ हजार राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७१÷७२ मा १० करोड ३२ लाख ३५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको कार्यालयले नौ महिनाको अवधिमा… बाँकी अंश »