kabhre

कृषिजन्य उत्पादनबाट राजस्व सङ्कलनका लागि सम्भाव्यता अध्ययन

बनेपा, १ माघ । काभ्रेपलाञ्चोक जिल्लामा कृषिजन्य उत्पादनबाट राजस्व सङ्कलनका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । जिल्ला विकास समिति काभ्रेपलाञ्चोकमार्फत् संवृद्धिका लागि युवा नामक संस्थाले सरोकार भएका सरकारी कार्यालय, निजी सङ्घसंस्थासँग सम्भाव्यता अध्ययनका लागि राय माग गरेको छ ।… बाँकी अंश »

काभ्रेपलाञ्चोकमा चारकोलको उद्योग स्थापना

बनेपा, १९ पुस । काभ्रेपलाञ्चोकको एक नगरपालिका र एक गाविसमा चारकोल (गोल) को उद्योग स्थापना भएको छ । उद्योग स्थापनापछि जिल्लाको पनौती नगरपालिका र महादेवस्थान गाविसमा झन्डै १५० किलोग्राम चारकोल उत्पादन भएको त्यसमा संलग्न व्यवसायीले जनाएका छन् । उनीहरूले जिल्लामा करिब ४० वटा… बाँकी अंश »

बनेपामा सुविधा सम्पन्न होटल सञ्चालन हुने

बनेपा, १० पुस । काभ्रेपलाञ्चोकको बनेपामा झन्डै रु १० करोडको लागतमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आउने भएको छ । बनेपाका युवा व्यवसायी तथा उद्योग वाणिज्य सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष शुरकृष्ण वैद्यको पहलमा सञ्चालनमा आउन लागेको सो होटेल बनेपा नगरपालिका वडा नं ६ मा… बाँकी अंश »

मलेसियाबाट फर्केर विषादीरहित गोलभेँडाखेती

बनेपा, २७ मङ्सिर । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एकजना युवाले स्वदेश फर्केर विषादी रहित गोलभँेडा खेती सुरु गरेका छन् । काभ्रेपलाञ्चोकको नयाँ गाउँ गाविस– ५ निवासी शम्भु घर्तीले आफ्नो झन्डै दुई रोपनी जमिनमा लगाएको खेतीबाट रु एक लाख आम्दानी गर्ने लक्ष्य… बाँकी अंश »

नयाँ जातका बालीको उत्पादन परीक्षण गर्न अध्ययन

बनेपा,२० कात्तिक । काभ्रेपलाञ्चोक जिल्लामा नयाँनयाँ जातका खाद्यान्न तथा तरकारी बालीका उत्पादन प्रविधिसहित परीक्षण गर्न अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले खास गरी धान, मकै, गहुँ, आलुलगायतका जातको उत्पादन कृषककै खेतमा कृषककै वातावरणमा परीक्षण गर्न जिल्लाको सम्भाव्य क्षेत्रको अध्ययन भइरहेको… बाँकी अंश »

बस दुर्घटनामा छ को मृत्यु

बनेपा, २० वैशाख । काभ्रेपलाञ्चोक होक्से गाविस-५ स्थित अरनिको राजमार्ग सडकखण्डमा आज भएको बस दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।  काठमाडौँंबाट सिन्धुपाल्चोकको तातोपानी जाँदै… बाँकी अंश »

कुटपिटबाट मृत्यु भएपछि बाटो अवरुद्ध

बनेपा, १२ वैशाख । कुटपिटबाट एक युवकको मृत्युभएपछि पीडितका आफन्तले काठमाडौँ-पनौती सडकखण्ड आज अवरुद्ध गरेका छन् । आज बिहान ७.३० बजेबाट बन्द भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकखण्ड अवरुद्ध भएपछि पनौती काठमाडौँ सडकखण्डबाट… बाँकी अंश »

मत्स्यपालनलाई अभियानका रूपमा अगाडि बढाइने

काठमाडौँ, १९ माघ । सरकारले गरिबी निवारणका लागि मध्यपहाडी क्षेत्रमा मत्स्यपालनलाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । कृषि विकास मन्त्रालयअर्न्तर्गत रहेको मत्स्य विकास निर्देशनालयले मुलुकका मध्यपहाडी क्षेत्रका एक दर्जन जिल्लामा ‘पाइलट प्रोजेक्ट’को रूपमा मत्स्यपालन अभियानका रूपमा सञ्चालन गर्न लागेको… बाँकी अंश »

५० मेगावाट सौर्य ऊर्जा विद्युत् उत्पादनको तयारी

बनेपा, ४ माघ । विद्युत् भार कटौतीले चरम रूप लिइरहेका बेला काभ्रेमा सौर्य ऊर्जाबाट ५० मेगावाट विद्युत् उत्पादनको तयारी सुरु भएको छ । रिपुमर्दिनी पावर प्रालिले करिब रु १२ अर्ब ५० करोडको लागतमा सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको… बाँकी अंश »

श्रीमतीको हत्या गरी आत्महत्या

बनेपा, १ माघ । काभ्रेको ज्याम्दी गाविस-५ मा श्रीमानले श्रीमतीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ३३ वषर्ीय चक्रबहादुर तामाङले श्रीमती हीरामाया तामाङलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेर आफूले पनि  घरमै कपडाको पासो… बाँकी अंश »