jumla

आजदेखि कर्णालीको प्रत्यक्षसम्बन्ध काठमाडौँसँग

जुम्ला, वैशाख ११ गते । आज अर्थात लोकतन्त्र दिवसको दिनबाटै कर्णालीले स्थलमार्गबाट पनि काठमाडौँसँग प्रत्यक्ष सम्बन्ध जोडेको छ । स्थलमार्गबाट नै काठमाडौँसँग विधिवत् सम्बन्ध जोड्न आज बिहानै आयोजित कार्यक्रममा सो सेवाको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेले शुभारम्भ गर्नुभयो ।… बाँकी अंश »

पाँच हजार एकसय कलश यात्रासहित धार्मिक महोत्वस सुरु

जुम्ला, वैशाख ४ गते । सप्ताहव्यापी ज्ञान महायज्ञ पाँच हजार एकसय कलश यात्रासहित बिहीबारदेखि जुम्लामा धार्मिक महोत्सव सुरु भएको छ । गोविन्दशरण महाराजबाट जुम्लास्थित नेपाली सेनाको टुडिखेल मैदानमा एकसातासम्म दिइने धार्मिक प्रवचनको पहिलो दिन जुम्लाका धार्मिक विद्धान, शिक्षक, विद्यार्थी, महिला,… बाँकी अंश »

स्याउको बिरुवाबाट २७ लाख

जुम्ला, २५ गते । स्याउको बिरुवा बिक्रीबाटै यस वर्ष जुम्लामा झन्डै २७ लाख रुपैयाँ भित्रिएको छ । १ सय १० बटा फलफूल नर्सरीबाट १ लाख ७ हजार बिरुवा जिल्ला बाहिर बिक्री भएको हो । स्याउको प्रतिबिरुवा औसतमा २५ रुपैयाँका दरले… बाँकी अंश »

सुत्केरी भएको २४ घन्टाभित्र परीक्षा दिँदै सावित्री

जुम्ला, ५ चैत । यहाँका दुर्गा उच्च माध्यमिक विद्यालय लाम्रा परीक्षा केन्द्रमा लाम्रा– ५ जुम्लाकी सावित्री नेपाली सुत्केरी भएको २४ घन्टाभित्र पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा सामेल भएकी छन् । बीस वर्षीया नेपालीले हिजो बेलुका साँझ करिब पौने ८ बजेतिर… बाँकी अंश »

बस दुर्घटनामा १७ जनाको मृत्यु, सात घाइते

जुम्ला, २ चैत । जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको बस आज बिहान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर सात जना गम्भीर घाइते भएका छन् । ना४ ख ४९७० नम्बरको बस कालिकोटको रारालिही गाविस–१ गाडगुडेनीमा २००… बाँकी अंश »

अझै भेटिएनन् हिमपहिरामा हराएका भण्डारी

जुम्ला, २४ फागुन । गत सोमबार हिउँ पहिरामा परी बेपत्ता भएका देपालगाउँ गाविस–९ का लक्ष्मी भण्डारी अझै भेटिएका छैनन् । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी भए पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । हिउँपहिरो… बाँकी अंश »

कर्णालीको पर्यटन विकास दलीय भागबन्डाका कारण हुन सकेन

जुम्ला, १० फागुन । बर्सेनि कनिका छराइका रुपमा आउने बजेट तथा दलीय भागबन्डाका कारण कर्णाली क्षेत्रको पर्यटन विकास तथा त्यसको प्रवद्र्धन हुन नसकेको सम्बन्धित सरोकारवालाहरुले बताएका छन् । कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति जुम्लाद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शिवराज… बाँकी अंश »

किसान स्थानीय बालीको परिकार बनाउन आकर्षित

जुम्ला, ६ फागुन । कर्णालीमा उत्पादित स्थानीय बालीबाट विभिन्न परिकार बनाउनेतर्फ किसान आकर्षित हुन थालेका छन् । आजभोलि किसान चिनो, काउनो, कोदो, फापरबाट केक, नमकिन, ऐठे मिठाइ, मःम जस्ता परिकार बनाउँदै आएका छन् । वल्र्डभिजन इन्टरनेसनल क्षेत्र विकास कार्यक्रम जुम्लाको… बाँकी अंश »

सुत्केरी महिलाको एम्बुलेन्सको पहुँच नहुँदा मृत्यु

जुम्ला, २६ माघ । सडक र एम्बुलेन्स पहँुच नहँुदा डिल्लीचौर–२ लोर्पाकी २३ वर्षीया लालशोभा बुढाको हिजो सुत्केरी अवस्थामा अत्यधिक रक्तस्रावका कारण मुत्यु भएको छ । डिल्लीचौर उपस्वास्थ्य चौकीका अनमी शोभा खड्काका अनुसार तीन दिनदेखि घरमा सुत्केरी व्यथा लागेपछि चार दिनपछि… बाँकी अंश »

हिमाली आयोजनाको रु पाँच करोड ६८ लाखका २३ उपआयोजना कार्यान्वयनमा

जुम्ला, २२ माघ । उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली)ले आव २०७०÷७१ यता पाँच करोड ६८ लाखबराबरका २३ वटा व्यावसायिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । उच्च पहाडी जिल्लाका बासिन्दाको आय वृद्धि गर्ने र जीविकोपार्जनमा दिगो… बाँकी अंश »