janakpurdham

एक अर्ब पैँतीस करोड बढीको आँप फल्ने सम्भावना

जनकपुरधाम, १३ चैत । यस वर्ष आँपको बोटमा राम्ररी मञ्जरी (फूल) लागेकाले धनुषा जिल्लामा चालु आर्थिक वर्षमा करिब एक अर्ब ३५ करोड ३० लाख मूल्यबराबरको आँप फल्ने कृषि विज्ञहरुले अनुमान गरेका छन् । जिल्ला कृषि विकास कार्यालय धनुषाका अनुसार अघिल्लो… बाँकी अंश »

एचआइभी प्रभावित सरकारी चिकित्सकद्वारा अपहेलित

जनकपुरधाम, १२ चैत । जनकपुर अञ्चल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले एचआइभी सङ्क्रमितहरूलाई अपहेलना गर्ने गरेको पीडितहरूले गुनासो गरेका छन् । धनुषा र महोत्तरीका एक दर्जनभन्दा एचआइभी सङ्क्रमितहरूले अस्पतालका चिकित्सकका साथै अस्पतालका कर्मचारीले अपहेलना गरेको गुनासो पोखेका हुन् । एचआइभी… बाँकी अंश »

राहदानी समयमै नआएपछि समस्या

जनकपुरधाम, ३ चैत । राहदानी समयमा नआएपछि वैदेशिक रोजगारीमा जाने युवा समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालयबाट विभागमा राहदानीका लागि फारम पठाइए पनि विभागले समयमा राहदानी नपठाएका कारण वैदेशिक रोजगारीमा जाने युवाहरुले समयस्या भोग्नुपरिरहेको छ । करिब दुई वर्षअघि… बाँकी अंश »

सडक दुर्घटनामा दुईको मृत्यु

जनकपुरधाम, २६ फागुन । सोमबार राति धनुषाको लक्ष्मीनिवास नजिक सडक दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मुत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–१४ बस्ने रुपेश भुजेल र दीपक सिंह छन् । सोही दुर्घटनामा… बाँकी अंश »

रेलका पुराना सामान सङ्ग्रहालयमा राख्नुपर्ने माग

जनकपुरधाम, २५ फागुन । असी वर्षको लामो इतिहास बोकेको जनकपुर र जयनगरबीच चल्ने रेलका पुराना इन्जिन, बोगीलगायतका सामान सङ्ग्रहालय बनाएर संरक्षण गर्नुपर्ने माग स्थानीय जनताले गरेका छन् । पूर्वी धनुषाको खजुरीमा ती सामान अहिले अलपत्र अवस्था रहेका छन् । इस्वी… बाँकी अंश »

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदै

जनकपुरधाम, १८ फागुन । नेपाल–भारतबीच रहेको खुल्ला सिमानाको फाइदा उठाउँदै तस्कारहरुले भारतबाट अवैधरुपमा कुखुरा, चल्ला, सेतो अन्डा भित्र्याउन थालेपछि यस भेगका उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेका छन् । भारतका विभिन्न सहरमा स्वाइन फ्लु रोगको प्रकोप महामारीका रुपमा फैलिँदै गइरहेका… बाँकी अंश »

प्रसारण लाइनको तार तान्ने काम सुरु

जनकपुरधाम, १८ फागुन । ढल्केवर मुजफ्रपुरसम्मको १५० केभि प्रसारण लाइनअन्तर्गत तार तान्ने काम आजदेखि सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मुकेश राज काफ्लेले आज सो कार्यको उद्घाटन गर्नुभएको हो । धनुषाको वटेश्वर–९ देखि महोत्तरीको सीमावर्ती भारतको बथनहासम्म… बाँकी अंश »

भारतसँगको व्यापरले पूँजी पलायनको खतरा

जनकपुरधाम, ६ फागुन । नेपाल–भारतबीच रहेको खुला सीमानाका कारण नेपाली उपभोक्ता भारतीय बजारतर्फ आकर्षित हुन थालेपछि पूँजी पलायनको खतरा बढेर गएको छ । भारतीय व्यापारीले व्यापारमा सरलीकरण गरेपछि नेपालबाट दैनिक ठूलो मात्रमा पूँजी पलायन भइरहेको जनकपुरका व्यापारीको भनाइ छ ।… बाँकी अंश »

मिथिलाको कुम्भ सुरु

जनकपुरधाम, ६ फागुन । मिथिलाको कुम्भको रुपमा ख्याति प्राप्त १५ दिने मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । शताब्दीयौँदेखि पवित्र भूमिको परिक्रमा गर्ने चलनअनुरुप जनकपुरधामको परिक्रमा गर्ने श्रद्धाअनुसार मध्यमा परिक्रमाको परिकल्पना गरिएको हो । परिक्रमा कहिलेदेखि सुरु भयो यसका बारेमा… बाँकी अंश »

किन गरियो अञ्चल अस्पताल र जनस्वास्थ्यमा छापा

जनकपुरधाम, २५ माघ । जनकपुर अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयमा अनुगमन गरिएको छ । अञ्चल अस्पतालको प्रसूति विभागको व्यवस्थापन पक्षको विरुद्धमा परेको उजुरीका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुगमन महाशाखा प्रमुख गरिबदास ठाकुरको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवस्थापन पक्षमा… बाँकी अंश »