ISIS

आइएस विरुद्धको लडाई इस्लाम विरुद्धको होइन

वासिङ्टन, ८ फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाल आइएस विरुद्ध सुरु गरिएको लडाईं समग्र इस्लाम विरुद्धको नभएको सपष्ट गर्नुभएको छ । उहाँले बुधबार भन्नुभयो– हामी इस्लाम विरुद्धको युद्धमा छैनौँ, यो कसैले पनि सोच्नु हुदैन । ह्वाइट हाउसमा सुरु भएको… बाँकी अंश »

सिरिया जान प्रयास गर्ने पत्रकारको राहदानी जापानले खोस्यो

टोकियो, २६ माघ । इस्लामिक स्टेट समूहले दुई जापानी बन्धकलाई क्रूरतापूर्वक मारेपछि पनि सिरिया जाने योजना बनाएका एक पत्रकारको राहदानी जापान सरकारले खोसेको स्थानीय आमसञ्चारले आइतबार उल्लेख गरेका छन् । राहदानी प्राप्तकर्ताको जीवन संरक्षण गर्ने आधारमा टोकियोले पहिलोपटक त्यस्तो उपाय… बाँकी अंश »

एक वृद्धद्वारा सात आइएस लडाकूको हत्या

टिक्रिट (इराक), १९ माघ । इराकका एक वृद्ध व्यक्तिले आइतबार प्रान्तीय राजधानी टिक्रिटमा इस्लामिक स्टेट (आइएस) का सात लडाकूको गोली हानी हत्या गरेका छन् । इराकको उत्तरी भागमा पर्ने मध्य प्रान्त सलाहुदिनमा आइएसद्वारा हत्या गरिएको आफ्ना छोराको हत्याको बदला लिनको… बाँकी अंश »

जापानी नागरिकको २४ घण्टाभित्र हत्या गर्ने आईएसको धम्की

टोक्यो १५ माघ । इस्लामिक लडाकु समूह आईएसले आफ्नो नियन्त्रणमा रहेका अर्का जापानी नागरिक केन्जी गोटोको पनि २४ घण्टाभित्र हत्या गर्ने धम्कीसहितको भिडियो सार्वजनिक गरेको छ । यसअघि गत आइतवार २० करोड डलर फिरौती रकम नदिएको भन्दै आईएसले जापानी नागरिक… बाँकी अंश »

आइएसको जापानीलाई अर्काे शर्त

टोकियो, १३ माघ । जापानले इस्लामिक स्टेटद्वारा पक्राउ गरिएका आफ्ना नागरिकलाई मुक्त गर्नका लागि जोर्डन सरकारसँग मिलेर काम गरिरहेको बताइएको छ । इस्लामिक अतिवादी आइएसले अपहरण गरेका आफ्ना एकजना नागरिकको हत्या गरिसकेको र अर्का नागरिकलाई पनि हत्या गर्ने धम्की दिएकोले… बाँकी अंश »

इराक र सिरियामा आईएसविरुद्ध हवाई आक्रमण जारी

वासिङ्गटन, ११ माघ । विगत दुई दिनयता इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) विरुद्ध अमेरिका र अन्य राष्ट्रको संयुक्त गठबन्धनद्धारा हवाई आक्रमण जारी राखेको जनाइएको छ । सो कारबाहीको क्रममा इराक र सिरियामा गरी दुई दर्जन हवाई आक्रमण भएको पेन्टागनले… बाँकी अंश »

बन्धकको ‘‘क्रूर’’ हत्याको जापानद्वारा भत्र्सना

टोकियो, ११ माघ । प्रधानमन्त्री सिन्जो आबेले आइतबार इस्लामिक स्टेटका लडाकूको जापानी बन्धकको हत्या गर्ने कार्य ‘‘क्रूर तथा भुल्नैनसकिने’’ भएको बताउँदै दोस्रो बन्धकलाई तत्कालै रिहा गरिदिन माग गर्नुभएको छ । उक्त हत्याको विश्वव्यापी रूपमा कडा विरोध भएको छ । सुरक्षा… बाँकी अंश »

जापानद्वारा आईएसका बन्धक खोज्ने काम कहिल्यै नछोड्न दृढता व्यक्त

टोकियो, ११ माघ । जापानले शनिबार इस्लामिक स्टेटका लडाकूले बन्धक बनाएका दुई जापानी नागरिकलाई जोगाउने आफ्नो सङ्घर्ष कहिल्यै परित्याग नगर्ने दृढता व्यक्त गरेको छ । यसअघि लडाकूले मागेको रकम दिनुपर्ने भनी तोकेको समय बितेको छ । स्वतन्त्र पत्रकार केन्जी गोतो… बाँकी अंश »

ISISले जापानसँग २० करोड डलर माग्यो

टोकियो, माघ ८ – लडाकु समूह आईएसआईएसले मंगलबार टोकियोसँग २० करोड डलर माग गरेको छ। अंग्रेजी बोलिरहेका ती नकाबधारीले ७२ घन्टाभित्र उक्त रकम हस्तान्तरण नभएमा आफ्नो नियन्त्रणमा रहेको दुई जापानीलाई मार्ने उसले धम्की दिएको छ। अनलाइनमा मंगलबार पोस्ट गरिएको भिडियोमा… बाँकी अंश »

बन्धकलाई बचाउने आबेको बाचा

खबरडेक्स,१४ पुस । इस्लामिक स्टेट विद्रोहीले एक भिडियो सार्वजनिक गर्दै दुइ जापानी बन्धकलाई मुक्त गर्न फिरौति माग्नुलाई जापानी प्रधानमन्त्री शिन्जो आबेले अक्षम्य भनेका छन्। उक्त भिडियोमा विद्रोहीले छुरी देखाएर धम्कीको शैलीमा फिरौति रकम मागेका छन् भने बन्धक सैनिक ठेकेदार र… बाँकी अंश »