gorkhabajar

गोरखा मान्वुका एउटै व्यक्तिले दुईवटा नागरिकता बनाएको खुलासा

गोरखाबजार, १७ चैत । बेग्लाबेग्लै नाममा एक सेवाग्राहीले दुईवटा नागरिकता लिएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट नियम विपरीत मान्वु गाविस–३ का एक व्यक्तिले फरक नाममा दुई नागरिकता लिएका हुन् । प्रेमबहादुर नगरकोटी श्रेष्ठ र मिलन नगरकोटी श्रेष्ठको नाममा… बाँकी अंश »

अपाङ्ग नातिनी बलात्कार गर्नेविरुद्ध मुद्दा दर्ता

गोरखाबजार, १७ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका गोरखा भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । एकहत्तर वर्षका इन्द्रबहादुर गुरुङले १८ वर्षकी शारीरिक अपाङ्गता भएकी नातिनीलाई… बाँकी अंश »

तरकारी बेचेर १२ करोड आम्दानी

गोरखा बजार, १७ चैत । व्यावसायिक तरकारीखेती गर्दै आएका गोरखाको घ्याल्चोकका किसानले यस वर्ष रु १२ करोड आम्दानी लिएका छन् । गाविसको नौ वडाका किसानले तरकारी बेचेरै वार्षिक यतिधेरै आम्दानी लिएका हुन् । रु १० करोडको तरकारी राजधानीमा मात्र खपत… बाँकी अंश »

एक वृद्धले किशोरीमाथि गर्न खोजे बलात्कार

गोरखाबजार, १५ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो… बाँकी अंश »

बहिरा विद्यार्थीले पाए नयाँ भवन

गोरखाबजार, १० चैत । कादुरी च्यारिटेबल फाउन्डेसनले स्थानीय टक्सारमा बहिरा विद्यार्थी पढ्ने विद्यालय भवन बनाएको छ । फाउन्डेसनले गोरखा नगरपालिका–८ मा रहेको मनकामना बहिरा आवासीय माध्यमिक विद्यालय परिसरमा पुस्तकालय कक्ष, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला कक्ष, आवासीय विद्यार्थीको भान्सा कक्ष, सभाहलसमेत… बाँकी अंश »

उत्तरी गोरखामा खच्चड चलाउन आलोपालो प्रणाली

गोरखाबजार, २ चैत । सडक सञ्जाल नपुगेको उत्तरी गोरखाको १५ भन्दा बढी गाविसमा खच्चड चलाउन नयाँ व्यवसायीले ‘रुट पर्मिट’ शुल्क तिर्दै आएका छन् । खच्चड किनेर समितिमा आबद्ध हुनका लागि प्रतिखच्चड रु पाँच हजार रुट पर्मिट तिर्नुपरेको व्यवसायीहरु बताउँछन् ।… बाँकी अंश »

निर्माण सामग्री अभावले रु तेइस करोडको योजना अलपत्र

गोरखाबजार, २८ फागुन । निर्माण व्यवसायीको लापरबाहीले गोरखा जिल्लाका विभिन्न ठाउँमा सुरु भएका करोडौँको योजना अलपत्र परेको छ । निर्माण सामग्री (ग्राभेल–ढुङ्गा, गिट्टी, वालुवा) नभएको कारण देखाएर गोरखाका निर्माण व्यवसायीले करोडौँका योजना अलपत्र छाडेका छन् । समय सकिनै लाग्दा पनि… बाँकी अंश »

गोरुको सट्टा मान्छेले जोतेर मकै रोपे

गोरखाबजार, २५ फागुन । गोरुको सट्टामा मान्छेले बारी जोतेर गोरखाको बारपाकका किसानले मकै रोप्दै आएका छन् । घरका बलिया छोराहरुले गोरुको सट्टामा हलो तान्ने गर्छन् । बारपाक–४ का सिङबहादुर गुरुङको परिवारमा पनि यस्तै चलन चल्दै आएको छ । पुर्खाको पालादेखि… बाँकी अंश »

हिमपात र असिनाले फलफूल स्वाहा !

गोरखाबजार, २२ फागुन । लगातार पाँच दिनसम्म परेको हिमपातले गर्दा गोरखाको उत्तरी भेगमा स्याउको फूल नष्ट भएको छ । बाक्लो असिनाले सुन्तलालगायत अमिला जातका फलफूलको फूल झारेको किसानले जनाएका छन् । हिमपातले उत्तरी गोरखाका किसानले लगाएका करिब ६० हेक्टर क्षेत्रफलमा… बाँकी अंश »

स्वाइन फ्लु सन्त्रासले अनिश्चितकालका लागि विद्यालय बन्द

गोरखाबजार, १८ फागुन । एक पछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ । आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो… बाँकी अंश »