gorkha

गोरखा मान्वुका एउटै व्यक्तिले दुईवटा नागरिकता बनाएको खुलासा

गोरखाबजार, १७ चैत । बेग्लाबेग्लै नाममा एक सेवाग्राहीले दुईवटा नागरिकता लिएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट नियम विपरीत मान्वु गाविस–३ का एक व्यक्तिले फरक नाममा दुई नागरिकता लिएका हुन् । प्रेमबहादुर नगरकोटी श्रेष्ठ र मिलन नगरकोटी श्रेष्ठको नाममा… बाँकी अंश »

तरकारी बेचेर १२ करोड आम्दानी

गोरखा बजार, १७ चैत । व्यावसायिक तरकारीखेती गर्दै आएका गोरखाको घ्याल्चोकका किसानले यस वर्ष रु १२ करोड आम्दानी लिएका छन् । गाविसको नौ वडाका किसानले तरकारी बेचेरै वार्षिक यतिधेरै आम्दानी लिएका हुन् । रु १० करोडको तरकारी राजधानीमा मात्र खपत… बाँकी अंश »

बहिरा विद्यार्थीले पाए नयाँ भवन

गोरखाबजार, १० चैत । कादुरी च्यारिटेबल फाउन्डेसनले स्थानीय टक्सारमा बहिरा विद्यार्थी पढ्ने विद्यालय भवन बनाएको छ । फाउन्डेसनले गोरखा नगरपालिका–८ मा रहेको मनकामना बहिरा आवासीय माध्यमिक विद्यालय परिसरमा पुस्तकालय कक्ष, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला कक्ष, आवासीय विद्यार्थीको भान्सा कक्ष, सभाहलसमेत… बाँकी अंश »

लिङ्ेमा नाच संरक्षण गर्दै मान्द्रेका महिला

गोरखा बजार, २५ फागुन । गोरखाको पर्यटकीय गाउँ बारपाकका महिलाले लोपोन्मुख लिङ्ेमा नाच संरक्षण अभियान थालेका छन् । बारीमा कोदो रोप्नुअघि बारपाकीले लिङे्मा नाच्छन् । आफ्नो संस्कृति भावी पुस्तालाई देखाउनका लागि लोपोन्मुख लिङ्ेमा नाच संरक्षणको अभियान थालेको स्थानिय तारा घलेले… बाँकी अंश »

हिमपात र असिनाले फलफूल स्वाहा !

गोरखाबजार, २२ फागुन । लगातार पाँच दिनसम्म परेको हिमपातले गर्दा गोरखाको उत्तरी भेगमा स्याउको फूल नष्ट भएको छ । बाक्लो असिनाले सुन्तलालगायत अमिला जातका फलफूलको फूल झारेको किसानले जनाएका छन् । हिमपातले उत्तरी गोरखाका किसानले लगाएका करिब ६० हेक्टर क्षेत्रफलमा… बाँकी अंश »

स्वाइन फ्लु सन्त्रासले अनिश्चितकालका लागि विद्यालय बन्द

गोरखाबजार, १८ फागुन । एक पछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ । आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो… बाँकी अंश »

गोरखामा ८१ प्रतिशतको घरमा खानेपानी सुविधा

गोरखा बजार, १३ फागुन । गोरखामा ८१ प्रतिशत बासिन्दाको घरमा खानेपानी सुविधा पुगेको छ । जिल्लास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार खानेपानी आयोजनाबाट ८१ प्रतिशत स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाको ६० गाविस र दुई नगरपालिकाका बासिन्दाको… बाँकी अंश »

मनकामना मन्दिरमा प्लास्टिकको झोला निषेध

गोरखाबजार, फागुन १२ गते । प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा प्लास्टिकको झोला प्रयोग गर्न निषेध गरिएको छ । भक्तजनले फूल, अक्षता ल्याउँदा प्लास्टिक बढी प्रयोग गर्दा वातावरण प्रदूषितका साथै मन्दिरवरपर फोहोर बढेको भन्दै मनकामना गाविसले प्लास्टिक निषेध अभियान… बाँकी अंश »

हिउँ चितुवा संरक्षणमा दुर्गमका गाउँले परिचालन

गोरखाबजार, १० फागुन । लोपोन्मुख हिमाली जनावर हिउँ चितुवा संरक्षणका लागि गोरखाको उत्तरी गाविसका गाउँलेलाई परिचालन गरिने भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले छेकम्पार, चुम्चेत र सामागाउँका स्थानीय बासिन्दालाई सचेत बनाएर हिउँ चितुवा संरक्षण अभियानमा परिचालन गर्ने… बाँकी अंश »

जिविसले ३ करोड २५ लाख पर्यटन रोयल्टी बाँडेन

गोरखाबजार, ५ फागुन । गोरखाका लागि आएको पछिल्लो दुई आर्थिक वर्षको पर्यटन रोयल्टी रकम जिल्ला विकास समितिले अहिलेसम्म बाँडफाँड गर्न सकेको छैन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिविसको खातामा पठाएको आव २०६९÷७० र २०७०÷७१ को रु तीन करोड… बाँकी अंश »