farmers

पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

इनरुवा, वैशाख ११ गते । साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् । दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो ।… बाँकी अंश »

मोरङका ५१ कृषकलाई अनुदान दिइने

पथरी (मोरङ), चैत २९ गते । जिल्ला कृषि विकास कार्यालय मोरङले विभिन्न कृषि पेसा गरिरहेका जिल्लाका ५१ कृषकलाई ४३ लाख ५० हजार कृषि अनुदान दिने भएको छ । जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले अनुदानका लागि… बाँकी अंश »

कृषक अलँैचीखेती गर्न उत्साहित

जिरी, १३ चैत । खेर गएको र कुनै प्रकारका अन्नबाली उब्जनी नहुने सेपिला जमिनमा अलैँचीखेती गर्दा राम्रो आम्दानी हुने भएपछि जिल्लाको दुर्गम माली र श्यामा गाउँका कृषक अलँैचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाइस सय मिटरसम्मको उचाइमा सजिलै… बाँकी अंश »

बर्सेनि मूल्य घटेपछि उखु किसान निरास

सर्लाही, १३ चैत । तीन वर्षदेखि उखुको मूल्य क्रमशः ओरालो लागेपछि सर्लाहीका किसान निराश बनेका छन् । सरकारले चालु मौसमका लागि बिहीबार उखुको मूल्य प्रतिक्विन्टल रु ४६१ तोकेपछि किसान थप निराश बनेका हुन् । “तीन वर्षदेखि उखुको मूल्य निरन्तर ओरालो… बाँकी अंश »

उखुको मूल्यवृद्धि हुनुपर्ने किसानको माग

विराटनगर, १२ चैत । मोरङका उखु किसानहरूले उखुको उत्पादन लागतमा वृद्धि, महँगीलगायतका कारण उखुको बिक्री मूल्यमा वृद्धि हुनुपर्ने माग गरेका छन् । गत वर्ष प्रतिक्विन्टल रु ४७६ का दरमा उखु बिक्री भएकामा र यस वर्ष प्रतिक्विन्टल रु ५२५ हुनुपर्ने सरकारसँग… बाँकी अंश »

आइपिएम पद्धतिबाट उत्पादन गर्न कृषक दक्ष बन्दै

बनेपा, १० चैत । कम लागतमा बढी उत्पादन गर्न हौसिएका कृषक काभ्रेपलाञ्चोकमा एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति (आइपिएम)द्वारा उत्पादन गर्न दक्ष हुन थालेका छन् । उनीहरुले रसायनिक मल र रसायनिक विषादीको विकल्पमा प्राङ्गारिक उत्पादनलाई लक्षित बनाएर मध्यमार्गी पद्धतिका रुपमा आइपिएमबाट मनग्य… बाँकी अंश »

चारसय बढी कृषकलाई पचास लाख अनुदान

बनेपा, ४ चैत्र । युवा लक्षित कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न शीर्षकमा दिइने अनुदानका लागि कृषक छनोट भएका छन् । जिल्ला कृषि विकास कार्यालयले अनुदानका लागि ४०५ जना कृषकलाई छनोट गरेकोे छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास… बाँकी अंश »

बालुवामा जीवन फलाउँदै कृषक

नेपालगन्ज, २ चैत । बाँके जिल्लाको फत्तेपुर गाविसका १२७ जना कृषकलाई अहिले बालुवामा आफ्नो परिवार धान्ने जोहो गर्न भ्याइनभ्याइ छ । अधिक गर्मी हुने जिल्लाका ती कृषकलाई नदी छेउको बालुवाको तातोले पोल्दैन, उनीहरु त त्यही बालुवामा रमाउँछन्, खेल्छन् र शीतल… बाँकी अंश »

किसानलाई तीन करोड बढीको राहत दिइने

सर्लाही, १३ फागुन । जिल्ला कृषि विकास कार्यालय सर्लाहीले सुख्खा राहत कार्यक्रम अन्तर्गत सर्लाहीका किसानलाई रु तीन करोड ४७ लाख खर्च गर्ने भएको छ । सुख्खाका कारण बालीनाली उत्पादनमा समस्या परेकाले उक्त कार्यक्रम अन्तर्गत साना सिँचाइ विशेष कार्यक्रममार्फत बोरिङ, स्यालो… बाँकी अंश »

किसान स्थानीय बालीको परिकार बनाउन आकर्षित

जुम्ला, ६ फागुन । कर्णालीमा उत्पादित स्थानीय बालीबाट विभिन्न परिकार बनाउनेतर्फ किसान आकर्षित हुन थालेका छन् । आजभोलि किसान चिनो, काउनो, कोदो, फापरबाट केक, नमकिन, ऐठे मिठाइ, मःम जस्ता परिकार बनाउँदै आएका छन् । वल्र्डभिजन इन्टरनेसनल क्षेत्र विकास कार्यक्रम जुम्लाको… बाँकी अंश »