dolakha

श्रीमतीको सासू, ससुरा र श्रीमान्को कुटपिटबाट मृत्यु

चरिकोट, वैशाख ८ गते । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ । आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ… बाँकी अंश »

जजरकोटको महामारी नियन्त्रणमा आउने स्वास्थ्य मन्त्रीको दावी

दोलखा, वैशाख ५ गते । स्वास्थ्य मन्त्रि खगराज अधिकारीले जाजरकोटमा फैलिएको मौसमि रुघाखोकिको महामारी छिट्टै नियन्त्रणमा आउने दावी गर्नुभएको छ । उहाँले जारकोटमा फैलिएको मौसमी रुघाखोकीको महामारी ८ देखि १० दिनभित्र नियन्त्रणमा आउने दावी गर्नुभयो । जाजरकोटको महामारी नियन्त्रणका लागि… बाँकी अंश »

रातो मच्छिन्द्रनाथको रथजात्रा सङ्कटमा

दोलखा, चैत ३० गते । ऐतिहासिक सहर दोलखामा करिब पाँच सय वर्षदेखि परम्परागत रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथको रथजात्रा सङ्कटमा पर्न थालेको छ । यो महत्वपूर्ण र खर्चिलो नौ दिने जात्रा चैते पूर्णिमादेखि सुरु भएर नवमी तिथिसम्म मनाइन्छ । गुठीयारहरूले… बाँकी अंश »

रोजमेरी खेतीबाट राम्रो आम्दानी

हावा(दोलखा) चैत २४ गते । दोलखाको हावा–१ का किसान दिल बहादुर कार्कीले गरेको रोजमेरी खेतीबाट राम्रो आम्दानी हुन थालेको छ ।दुई वर्ष अघि परीक्षणका रुपमा गरिएको यो खेतीले वार्षिक डेढ लाख आम्दानी दिएपछि खेतीप्रति उत्साह जागी विकास विस्तार गर्न लागेको… बाँकी अंश »

युवतीको शव फेला

चरिकोट, १८ चैत । दोलखाको भुसाफेदा गाविस–६ को जङ्गलमा मङ्गलबार दिउँसो एक युवतीको शव फेला परेको छ । शव १८ वर्षीया लालुमाया तामाङको रहेको स्थानीयले जानकारी दिएका छन् । शव आफ्नै गोठ नजिकैको जङ्गलमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए… बाँकी अंश »

सुत्केरीको मृत्युपछिको तनाव साम्य

चरिकोट, १८ चैत । सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको दोलखा बजारस्थित गौरीशङ्कर जनरल अस्पतालको स्थिति वार्तापछि शान्त भएको छ । आइतबार अस्पतालमा सुत्केरी भएकी सुन्द्रावती गाविस–३ की ३० वर्षीया सरिता मैनालीको मृत्यु भएपछि सोमबार बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो… बाँकी अंश »

चट्याङले एकै परिवारका दुईको मृत्यु

चरिकोट, १७ चैत । दोलखाको दक्षिण भेगमा पर्ने मागापौवा गाविस–४ मा आज दिउँसो चट्याङ लाग्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षीया साहिँली तामाङ र उनकी नातिनी ११ वर्षीया फूलमाया रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले… बाँकी अंश »

सुत्केरी महिलाको मृत्युपछि परिवारजनद्वारा दोलखा बजार र यातायात बन्द

चरिकोट, १६ चैत । अत्यधिक रक्तश्रावका कारण आइतबार राति यहाँ एक सुत्केरी महिलाको ज्यान गएको छ । सुत्केरी महिलाको मृत्युपछि आक्रोशित बनेका उनका परिवारजनले अहिले दोलखा बजार र यातायात बन्द गराएका छन् । रक्तश्रावका कारण दोलखाको सुन्ध्रावती गाविस–३ की ३०… बाँकी अंश »

तामाकोसीको मजदुरको आन्दोलन स्थगित

दोलखा, १२ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरको माग गर्दै आयोजनामा कार्यरत मजदुरहरुले सुरु गरेको आन्दोलन स्थगित भएको छ । द्विपक्षीय वार्तामा सहमति भएपछि मजदुर युनियनले आन्दोलन केही समयको लागि स्थगन गरेको हो । आन्दोलनरत सिनो हाइड्रोअन्र्तगतको नेपाल बिजुली… बाँकी अंश »

रकम पठाउने ठाउँमा नै भिजिटिङ कार्डका नाममा ठगी

चरीकोट, ६ चैत । सदरमुकाम चरिकोटस्थित आइएमई सेन्टरमा आफ्नै भिजिटिङ कार्डका नाममा ठगी हुने गरेको पाइएको छ । खाडीका मरुभूमिमा पसिना बगाएर पठाएको रकम झिक्न आउने ग्राहकसँग भिजिटिङ कार्ड भिडाएर जबरजस्ती पैसा लिइरहेको ग्राहकले गुनासो गरेका छन् । व्यापारिक प्रयोजनका… बाँकी अंश »