dadeldhura

जरिवानाबाट छ लाख राजस्व सङ्कलन

भीमदत्तनगर, १८ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको नौ महिनामा रु ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म रु ६ लाख १४ हजार ७५० राजस्व… बाँकी अंश »

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

डडेल्धुरा, २८ फागुन । मलामी गएर फर्किदै गरेको ट्याक्टर दुर्घटना हुँदा डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । डोटीको गहनानबाट मलामी फिर्ता ल्याउँदै गरेको से१त ४२६३ नम्बरको ट्याक्टर डडेल्धुराको सल्लाघारी नजिकै दुर्घटनाग्रस्त भएको हो ।… बाँकी अंश »

धार्मिक पर्यटन महोत्सव सुरु

भीमदत्तनगर, २४ फागुन । डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढामा शनिबारदेखि भित्री मधेस कृषि पर्यटन व्यापार मेला तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । ‘लालढुङ्गा व्यवस्थित बजारको निर्माण, व्यापार कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको सभासद्… बाँकी अंश »

डडेल्धुराका अग्निपीडितलाई तीन लाख सहयोग

काठमाडौँ, २० फागुन । काठमाडौँ, १९ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घले डडेल्धुराका अग्निपीडितहरूको सहयोगार्थ रु तीन लाख प्रदान गर्ने भएको छ । महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेको सभापतित्वमा कार्यकारिणी समितिको आज भएको छैटौँ बैठकले उक्त रकम उद्योग वाणिज्य सङ्घ डडेल्धुरामार्फत… बाँकी अंश »

महायज्ञबाट रु दुई करोड बराबरको आम्दानी

भीमदत्तनगर, ५ फागुन । डडेल्धुराको भित्रिमधेस क्षेत्रमा स्थानीयस्तरबाट सञ्चालित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि आयोजित राष्ट्र कल्याण पितृतारण शहस्र शालिग्राम पूजाअर्चनासहित धनधान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञान विराट महायज्ञबाट झन्डै रु दुई करोड बराबरको आम्दानी भएको छ । महायज्ञमा रु… बाँकी अंश »

स्थानीय जनताको प्रतिकारपछि डडेल्धुरा सदरमुकाम खुल्यो

भीमदत्तनगर, २९  पुस । एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा सोमबार डडेल्धुरामा प्रतिकार भएपछि सदरमुकाम खुलेको छ । मुख्य बजार बागबजारसहित तुफानडाँडा, खलङ्गा, कीर्तिपुरसहितका सबै बजार व्यवसायीको प्रतिकार पछि खुलेको हो । मोर्चा सम्बद्ध नेता कार्यकर्ताले जबर्जस्ती बजार… बाँकी अंश »

कारागारको अध्ययन अनुगमन

धनगढी, २० पुस । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गत गठित कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारसम्बन्धी अध्ययन–अनुसन्धान कार्यदलले आज कैलाली कारागार शाखामा रहेका कैदीबन्दीको अवस्था अध्ययन गरेको छ । कार्यदलका संयोजक सभासद् पाचकर्ण राईको नेतृत्वमा रहेको टोलीमा सभासद् प्यारेलाल राना, कमला दोङ, भुटनीदेवी… बाँकी अंश »

महाभारत क्षेत्र अतिक्रमण गरी बसेका ७१ परिवारलाई हटाइयो

डडेल्धुरा, १४ मङ्सिर । जिल्ला वन कार्यालय डडेल्धुराले महाभारत क्षेत्रमा वन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काएको छ । लामो समयदेखि जिल्लाको अतिसंवेदनशील क्षेत्रका रुपमा रहेको महाभारत वन क्षेत्रमा अतिक्रमण गरी बस्दै आएका ७१ परिवारलाई जिल्ला वन कार्यालयले हटाएको हो… बाँकी अंश »

डडेल्धुरामा वन अतिक्रमण रोकिएन

भीमदत्तनगर, ८ मङ्सिर । डडेल्धुरामा वन अतिक्रमण रोकिएको छैन । जिल्लाको चुरे र महाभारत क्षेत्रको वनसँगै सदरमुकाम आसपासमा रहेको वन क्षेत्रसमेत अतिक्रमणको चपेटामा परेको छ । लामो समयदेखि अतिक्रमित हुँदै आएको वन क्षेत्र अतिक्रमणको कार्य अझै नरोकिएको स्थानीयवासीले बताएका छन्… बाँकी अंश »

फस्टाउँदै माहुरीपालन

डडेल्धुरा, ८ कार्तिक । डडेल्धुरामा पछिल्लो समय माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । माहुरीपालनबाटै डडेल्धुराका व्यवसायीले बर्सेनि करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाविस र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ । व्यावसायिक मौरीपालनले… बाँकी अंश »