crimes

श्रीमतीको सासू, ससुरा र श्रीमान्को कुटपिटबाट मृत्यु

चरिकोट, वैशाख ८ गते । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ । आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ… बाँकी अंश »

कडा सजायको प्रावधानः धमाधम चेलीबेटी बेचबिखन

चौतारा, वैशाख ६ गते । मानव बेचबिखन र ओसारपसारका क्षेत्रमा धेरै मुद्दा झेलेको सिन्धुपाल्चोकमा जिल्ला अदालतबाट अहिलेसम्म धेरैले कठोर सजाय पाएका छन् । पीडक उम्कने र पीडित फस्ने विडम्बनालाई सिन्धुपाल्चोकका केही कारबाहीले चिरेको तर पनि बेचबिखनका घटना भने जारी नै… बाँकी अंश »

मोरङमा लागुऔषधसहित दुई पक्राउ

विराटनगर, वैशाख २ गते । मोरङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ बस्ने १९ वर्षीय विष्णु सहनी र विराटनगर–१५ बस्ने २९ वर्षीय महेश पासवानलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोसी राजमार्गअन्तर्गतको टङ्कीसिनुवारीमा मङ्गलबार अपराह्न… बाँकी अंश »

प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ । सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती… बाँकी अंश »

पत्रकारलाई ज्यान मार्ने धम्की

काभ्रेपलाञ्चोक, चैत ३० गते । आफूविरुद्ध समाचार प्रकाशित गरेको भन्दै एक म्यानपावर कम्पनीका कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको छ । कमाण्डर पोष्ट दैनिकका काभ्रे संवाददाता बुद्ध लोप्चनलाई कार्साङ लामा, देवराज लामा र मानबहादुर गोलले ज्यान मार्ने धम्की दिएका हुन्… बाँकी अंश »

नयाँदिल्ली पुगेका चार बालकको उद्धार

कपिलवस्तु, चैत २७ गते । भारतको नयाँदिल्ली पुगेका सप्तरीका चार बालकलाई उद्धार गरी नेपाल ल्याइएको छ । प्रवासी मञ्च नेपालको सहयोगमा कपिलवस्तुस्थित शान्ति पुनःस्थापना केन्द्रले अलपत्र अवस्थामा रहेका ती बालकलाई उद्धार गरी जिल्लामा ल्याएको हो । सप्तरीस्थित राजबिराज नगरपालिका–९ राजगल्ली… बाँकी अंश »

बाबुले गरे नै छोरीलाई करणी

प्यूठान, चैत २७ गते । आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा हंसपुर–८ निवासी २९ वर्षीय रमेश सुनुवारलाई विहीबार प्रहरीले पक्राउ गरेको हो । आरोपित सुनुवारलाई पक्राउ गरी… बाँकी अंश »

विवाहिता महिलामाथि बलात्कार गर्ने पक्राउ

कञ्चनपुर, चैत २६ गते । विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोप्दै रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए… बाँकी अंश »

सिरहामा महिला हिंसा बढ्यो

लहान, चैत २६ गते । सिरहाको विभिन्न भागमा पति तथा परिवारका सदस्यबाट हुने महिला हिंसाको घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिरहाद्वारा बुधबार दिउँसो सिरहाको लहानमा आयोजित मानवअधिकार वर्ष पुस्तक त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको… बाँकी अंश »

तेह्र वर्ष कैद सजायको फैसला

धनगढी, चैत २४ गते । जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ । सो अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले सोमबार उक्त फैसला सुनाएकोे… बाँकी अंश »