construction

सडक विस्तार एवं नाली निर्माण कार्य तीव्र

नेपालगञ्ज, वैशाख ९ गते । नेपालगञ्ज नगर क्षेत्रलाई बर्षामा हुने डुबानबाट जोगाउन सडक विस्तार एवं नाली निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । बर्षाको मौसममा नगरका विभिन्न भागमा जम्ने गरेको पानीको सहज निकासका लागि बाहिरी क्षेत्रको ढल तथा नाला निर्माण… बाँकी अंश »

किमाथाङ्कामा बन्यो सिमा प्रहरी चौकी भवन

सङ्खुवासभा,वैशाख ३ गते । जिल्लाको सीमा क्षेत्र किमाथाङ्कामा सीमा प्रहरी भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटन गत मङ्गलबार पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधबप्रसाद जोशीले गर्नुभयो । सो भवन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको ९९ लाख ३८ हजार ८४७… बाँकी अंश »

तीस लाख खर्च गरेर गाउँलेले पदमार्ग बनाए

म्याग्दी, चैत २६ गते । समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् । यहाँका बासिन्दाले स्थानीयस्तरबाट नै रु ३० लाख लगानी गरेर पदमार्ग निर्माण… बाँकी अंश »

आर्थिक अभावले विद्यालय भवन निर्माण अन्योलमा

म्याग्दी, चैत २६ गते । म्याग्दीको बाबियाचौर–६ सल्यानमा रहेको विकास प्राथमिक विद्यालयमा आर्थिक अभावले भवन निर्माण योजना अन्योलमा परेको छ । हाल रहेको भवन जीर्ण भएपछि विद्यालयको पुनःनिर्माण योजना अगाडि बढाइए पनि पर्याप्त आर्थिक स्रोत नहुँदा समस्या भएको हो ।… बाँकी अंश »

हेलम्बु क्षेत्रमा देशकै अग्लो बुद्ध मूर्ति बन्दै

चौतारा, चैत २३ गते । हेलम्बुमा एसियाकै ज्योतिका रुपमा मानिँदै आएका भगवान् गौतम बुद्धको मूर्ति स्थापना हुन लागेको छ । यो बुद्ध जन्मेको पावन भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये सबैभन्दा अग्लो मूर्ति हुनेछ । पर्यटकीय नगरी र बुद्धमार्गी बसोवास गर्ने सिन्धुपाल्चोकको… बाँकी अंश »

औद्योगिक क्षेत्रको निर्माणको बाटो खुल्यो

भैरहवा, चैत २३ गते । नयांँ उद्योगमा लगानी गर्न तयार भएका उद्योगीहरुलाई लक्षित गरेर रुपन्देहीको मोतीपुरमा बन्न लागेको नया औद्योगिक क्षेत्रको काम अब नयांँ ढंगबाट सुरु हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ र नेपाल सरकारको लगानीमा स्थापना गर्ने… बाँकी अंश »

निर्माण, जलस्रोत, इ–गभर्नेन्स र कृषिमा लगानी गर्ने द कोरियाली सम्भावना

काठमाडाँै, ११ चैत । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र दक्षिण कोरियाको कोरिया ट्रेड इन्भेस्टमेन्ट प्रोमोसन एजेन्सी (कोट्रा)का भारत तथा दक्षिण–पश्चिम एसियाका प्रमुख महानिर्देशक दो सोइक चोइबीच आज यहाँ भेटवार्ता भएको छ । भेटका क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीन… बाँकी अंश »

एघार लाखको लागतमा आधुनिक झन्डा निर्माण

गौशाला, १० चैत । महोत्तरीको परिकौली फुल्हट्टा गाविसमा रु ११ लाखको लागतमा आधुनिक महाविरी झन्डा निर्माण गरिएको छ । परिकौली फुल्हट्टा गाविस–८ स्थित पोखरीको डिलमा १०५ फिट लामो ११ फिट चौडा महाविरी झन्डा निर्माण गरिएको श्री महावीर झन्डा पूजा समितिका… बाँकी अंश »

सुनामीबाट जोगिन जापानले सामुद्रिक तटमा ठूलो तथा महङ्गो पर्खाल निर्माण गर्ने

सेन्दाइ (जापान), १० चैत । जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा अग्लो सुनामी छाल आएको चार वर्षपछि यस मुलुकले करिब पाँच तल्ले भवनको उचाइ भएको करिब ४०० किलोमिटरको सिमेन्टको सामुद्रिक पर्खाल निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । आठ सय २० अर्ब… बाँकी अंश »

पानीटङ््याकीमा सुविधा सम्पन्न बन्दरगाह बन्ने

काँकडभिट्टा (झापा), ५ चैत । पूर्वी नाका काँकडभिट्टादेखि ५०० मिटरको दुरीमा रहेको भारतको पानीटङ््याकीमा सुविधा सम्पन्न बन्दरगाह बन्ने भएको छ । भारततर्फ बन्दरगाह नहुँदा नेपाली व्यवसायी लामो समयदेखि सास्ती पाउँदै आएका थिए । नेपाली व्यवसायीले भारतीय अधिकारीसँग पटकपटक आग्रह गरेपछि… बाँकी अंश »