chitwan

पुस्तक किनेर पढ्ने जमात बढ्दै

चितवन, वैशाख ११ गते । चितवनमा पुस्तक किनेर पढ्ने जमात बढ्दै गएको पाइएको छ । चलेका साहित्यकारभन्दा नदेखिएका पाठकले बढी पुस्तक किनेर पढ्ने गरेका छन् ।केही वर्षअघिसम्म पुस्तक त्यसै दिए लैजाने चलनलाई चिर्दै चितवनमा अहिले भने किनेर पढ्ने बानीको विकास… बाँकी अंश »

मापसेबापत चितवनमा दुई करोड राजस्व

रत्ननगर (चितवन), ९ वैशाख । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सवारी नियम उल्लङ्घन गरेकाहरुबाट चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले करिब रु दुई करोड राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७१÷७२ को चैत मसान्तसम्ममा ३८ हजार… बाँकी अंश »

स्वाइन फ्लुका १३ नयाँ बिरामी थपिए

चितवन, वैशाख ८ गते । चितवनमा स्वाइन फ्लुका १३ जना नयाँ बिरामी फेला परेका छन् । पछिल्लो प्रतिवेदनअनुसार १३ मध्ये चितवन नै घर भएका १० र चितवनमा उपचारका लागि आएका नवलपरासीका दुई तथा उदयपुरका एक बिरामी पुष्टि भएको जनस्वास्थ्य कार्यालय… बाँकी अंश »

खोलाको सतह बढ्दा माडी जोखिममा

चितवन, वैशाख ४ गते । निकुञ्जपारीको बस्तीको रुपमा परिचित चितवनको माडी क्षेत्रमा रहेका स्थानीय खहरे खोलामा बढेको सतहले गर्दा सो क्षेत्र जोखिममा पर्दै गएको छ । हालै मात्र नगरपालिका घोषणा भएको माडीका रिउ, रेवा, मौवालगायतका खहरेमा बर्सेनि वालुवा, गिट्टी र… बाँकी अंश »

स्वाइन फ्लुका बिरामी घटेपछि हेल्प डेस्क हटाइयो

चितवन, चैत २६ गते । स्वाइन फ्लुका बिरामी घटेपछि चितवनको भरतपुर अस्पतालमा स्थापना गरिएको हेल्प डेस्क हटाइएको छ । बिरामी घटेर हेल्प डेस्क प्रभावविहीन जस्तै भएपछि हटाइएको जनस्वास्थ्य कार्यालय चितवलने जानकारी दिएको छ । सुरुमा अत्यधिक मात्रामा बिरामी आउने गरेकाले… बाँकी अंश »

मोटरसाइकल बेचेको पैसाबाट चेपाङ बालबालिकालाई सहयोग

चितवन, चैत २४ गते । पूर्वी चितवनको खैरहनीमा रहेको कालिका मोटरसाइकल पार्टसले आफ्नो मोटरसाइकल बेचेको पैसाले चेपाङ बालबालिका लागि सहयोग गरेको छ । आफ्नो स्थापनाको २०औँ वर्ष प्रवेशको अवसरमा चेपाङ बालबालिकासँगै अर्को बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था र मन्दिर निर्माणमा… बाँकी अंश »

महिलाको विष खाँदा मृत्यु

चितवन, चैत २३ गते । चितवनको रत्ननगरकी एक महिलाको विष खाँदा आज ज्यान गएको छ । रत्ननगर–१२ माधवपुरकी २३ वर्षीया दुर्गा भुजेलको विष खाएर बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गएराति मुसा मार्ने विष खाएर… बाँकी अंश »

समाजसेवी मैयाँदेवीद्वारा रेडक्रस र आमा समूहलाई रु दुई लाख सहयोग

रत्ननगर (चितवन), १६ चैत । चितवनकी समाजसेवी तथा पूर्वसांसद मैयाँदेवी श्रेष्ठले यहाँको एक आमा समूह र रेडक्रसलाई रु दुई लाखभन्दा बढी सहयोग गर्नुभएको छ । मैयाँदेवी ट्रस्ट बनाएर आफ्नो रु चार करोडभन्दा बढीको सम्पत्ति हस्तान्तरण गर्नुभएकी उहाँले देवघाटमा रहेको रेडक्रसलाई… बाँकी अंश »

देशैभर दुर्लभ एकसिङ्गे गैँडाको चैत २४ देखि गणना

रत्ननगर (चितवन), १६ चैत । यही चैत २४ गतेदेखि नेपालमा दुर्लभ एवम् संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार आवश्यक तयारी भइरहेकाले चैतको २४ गतेबाट देशैभर एकैसाथ गैँडा गणना गर्न लागिएको हो… बाँकी अंश »

बलात्कारमा परेकी युवतीद्वारा आत्महत्या

रत्ननगर (चितवन), १६ चैत । केही दिनअघि बलात्कारमा परेकी चितवनकी एक युवतीले आज आत्महत्या गरेकी छिन् । चितवनको दारेचोक–९ फिस्लिङ बस्ने २४ वर्षीया श्रीमाया गुरुङले घरमा कोही नभएको मौका पारेर आत्महत्या गरेको श्रीमायाका दाजु एकबहादुर गुरुङले जानकारी दिनुभयो । बलात्कारपछि… बाँकी अंश »