chautara

कडा सजायको प्रावधानः धमाधम चेलीबेटी बेचबिखन

चौतारा, वैशाख ६ गते । मानव बेचबिखन र ओसारपसारका क्षेत्रमा धेरै मुद्दा झेलेको सिन्धुपाल्चोकमा जिल्ला अदालतबाट अहिलेसम्म धेरैले कठोर सजाय पाएका छन् । पीडक उम्कने र पीडित फस्ने विडम्बनालाई सिन्धुपाल्चोकका केही कारबाहीले चिरेको तर पनि बेचबिखनका घटना भने जारी नै… बाँकी अंश »

हेलम्बु क्षेत्रमा देशकै अग्लो बुद्ध मूर्ति बन्दै

चौतारा, चैत २३ गते । हेलम्बुमा एसियाकै ज्योतिका रुपमा मानिँदै आएका भगवान् गौतम बुद्धको मूर्ति स्थापना हुन लागेको छ । यो बुद्ध जन्मेको पावन भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये सबैभन्दा अग्लो मूर्ति हुनेछ । पर्यटकीय नगरी र बुद्धमार्गी बसोवास गर्ने सिन्धुपाल्चोकको… बाँकी अंश »

आठ किलो सुनसहित दुई पक्राउ

चौतारा,१९ चैत्र । तिब्बतको खासाबाट सिन्धुपाल्चोकको जलबिरे हुँदै राजधानी लैजान लागिएको आठ किलो सुनसहित बुधबार दुई जना पक्राउ परेका छन् । यात्रु बसमा सवार गुम्बा ८ का ३० वर्षीय पासाङ शेर्पा तथा २८ का लाक्पा शेर्पाबाट उक्त सुन जलबिरेमा बरामद… बाँकी अंश »

ग्याल्थुङ अडिटमा एक कामदारको मृत्यु

चौतारा, ५ चैत । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक ग्याल्थुम अडिट मार्गमा दुर्घटनामा परी आज एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला हतपते गाविस–४ निवासी बम्पर चालक सुरेशबहादुर सुनुवार भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले… बाँकी अंश »

नेपाल बैंकमा आगलागी

मेलम्ची, २ चैत । सिन्धुपाल्चोक जिल्लाको चौतारमा अवस्थित नेपाल बैंक चौतारा शाखामा आज बिहान आगलागी भएको छ । बैंकका कर्मचारी बस्ने कोठामा बिहान ग्यासको सिलिन्डर फेर्ने क्रममा रेगुलेटर मिलाउँदा ग्यास चुहावट भई आगलागी भएको हो । आगलागीबाट बैंकको फर्निचर, कार्पेट,… बाँकी अंश »

जिपको ठक्करबाट बालिकाको मृत्यु

चौतारा, १ चैत । काठमाडौँको साँखुबाट सिन्धुपाल्चोकको भोटेचौरतर्फ दूध लिएर आइरहेको बा७च ५९८० नम्बरको बलेरो जिपको ठक्करबाट आज बिहान तीन वर्षीया बालिकाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँको शङ्करापुर नगरपालिका–३ निवासी एनु तामाङ रहेको प्रहरीले जनाएको छ ।… बाँकी अंश »

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

चौतारा, २८ फागुन । सिन्धुपाल्चोकको फुल्पिङडाँडा गाविसमा आज हुन लागेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । फुल्पिङडाँडा–२ लप्से निवासी १५ वर्षीय तामाङ समुदायको किशोर र माङ्खा–६ अँधेरी निवासी १७ वर्षीया किशोरीका बीच आज हुन लागेको बाल विवाह रोकिएको हो ।… बाँकी अंश »

एक निर्वाचन क्षेत्र एक खेल मैदान

चौतारा, २६ फागुन । सरकारले अबको दश वर्षमा युवाले स्वदेशमै सीप तथा रोजगारी पाऊन् भन्ने उद्देश्यले दशवर्षे गुरुयोजनाअन्तर्गत युथ भिजन २०२५ को अवधारणा ल्याउन लागेको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आज यहाँ आयोजित कार्यक्रममा एक निर्वाचन क्षेत्र… बाँकी अंश »

अभद्र व्यवहार गर्ने चालक र सहयोगी कारबाहीमा

चौतारा, २५ फागुन । दुई किलोमिटरको दूरीमा ओर्लिनुपर्ने सिन्धुपाल्चोकका तीन छात्रालाई अपहरण शैलीमा करिब २५ किमि टाढा लगेर ओराल्ने यात्रुबसका चालक तथा सहयोगी चालकलाई विद्यार्थी सङगठनहरुले कारबाही गरेका छन् । अरनिको यातायात सेवा समितिको बा२ख ६५९५ नम्बरको यात्रुबसले तीनजना छात्रालाई… बाँकी अंश »

दुईजनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

चौतारा, २४ फागुन । सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसेतर्फ आइरहेको बा६१प ९२१२ नं को मोटरसाइकल शनिबार साँझ मार्मी–१ सखुवामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका–५ निवासी २१ वर्षीय रमेश श्रेष्ठ र २०… बाँकी अंश »