banke

भारतीय मजदुरले धानेको नेपाली इँटा उद्योग

बाँके, बैशाख ९ गते । बाँकेमा रहेका अधिकांश इँटा उद्योग भारतीय मजदुरको भरमा चलेका छन् । इटा उद्योगमा काचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकाँश मजदुर भारतीय रहेको नेपाल इटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष प्रकाश शाहले… बाँकी अंश »

सडक विस्तार एवं नाली निर्माण कार्य तीव्र

नेपालगञ्ज, वैशाख ९ गते । नेपालगञ्ज नगर क्षेत्रलाई बर्षामा हुने डुबानबाट जोगाउन सडक विस्तार एवं नाली निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । बर्षाको मौसममा नगरका विभिन्न भागमा जम्ने गरेको पानीको सहज निकासका लागि बाहिरी क्षेत्रको ढल तथा नाला निर्माण… बाँकी अंश »

उद्योगमा आगलागी हुँदा एक करोडको क्षति

बाँके, चैत ३० गते । बाँकेको शम्शेरगञ्जमा रहको गणपति प्लाई उद्योगमा आइतबार बिहान भएको आगलागीमा करिब एक करोड रूपैयाँ बराबरको क्षति भएको छ । उद्योगमा विहान २ बजेतिर विद्युत् सट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी जनकबहादुर… बाँकी अंश »

श्रम र यौन शोषणमा परेका १७ महिलाको उद्दार

बाँके, चैत २६ गते । खाडी मुलुक तथा भारतका विभिन्न स्थानमा श्रम तथा यौन शोषणमा परेका १७ नेपाली महिलाको पछिल्लो एक वर्षको अवधिमा उद्दार गरिएको छ । माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले खोजीका लागि निवेदन परेकामध्ये उद्दार गरिएकाको… बाँकी अंश »

दलित युवती र क्षेत्री युवकबीच मागी विवाह

बाँके, चैत २६ गते । बाँकेको एक गाउँमा क्षेत्री युवक र दलित युवतीबीच धुमधामसँग मागी विवाह भएको छ । जिल्लाको फत्तेपुर गाविस–७ सइयापुरका २१ वर्षीय सुकलाल विष्ट र नरमती विकबीच अभिभावकको सहमतीमा मागेर विवाह भएको हो । विद्यालयमा पढ्नेक्रममा मन… बाँकी अंश »

बाँकेमा सहकारी सङ्घसंस्था खुल्नेक्रममा वृद्धि

खजुरा (बाँके), चैत २४ गते । जिल्लामा सहकारी सङ्घसंस्था खुल्ने क्रममा वृद्धि भएको छ । जिल्लामा सहकारी संस्था खुल्ने क्रम वृद्धि भएसँगै रोजगारीको अवसर पनि बढेको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा सहकारी संस्थाको सङ्ख्या… बाँकी अंश »

समाजसेवी ज्ञवालीद्वारा ६७औँ पटक रक्तदान

नेपालगन्ज, १८ चैत । नेपालगन्ज–१३ निवासी समाजसेवी सरिता ज्ञवालीले ६७औँ पटक रक्तदान गर्नुभएको छ । रेडक्रस बाँकेद्वारा सञ्चालित क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार, यहाँस्थित साथी संस्थामा कार्यरत समाजसेवी ज्ञवालीले २०६३ असार ९ गते पहिलो पटक रक्तदान गर्नुभएको थियो । त्यसपछि उहाँले… बाँकी अंश »

कृषि उत्पादन भन्डारणमा कर्जा प्रवाह, किसान खुसी

नेपालगन्ज, ४ चैत । ग्लोबल आइएमइ बैंक, सक्षम एक्सेस फाइनान्स र केएल दुगड ग्रुपअन्तर्गतको ज्ञान एग्रिले संयुक्तरुपमा किसानको कृषि उत्पादनको भन्डारणमा कर्जा प्रवाह गर्ने भएको छ । उत्पादनका समयमा किसानले मूल्य नपाउने समस्याको निराकरण गर्न भन्डारणमा कर्जा प्रवाह गर्न लागिएको… बाँकी अंश »

समलिङ्गी विवाह गरेपछि हत्या

नेपालगन्ज, ३ चैत । समलिङ्गी विवाह (महिला—महिलाबीच विवाह) गरेकी एक महिलाको उनकै जीवन साथीबाट हत्या गरिएको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, नेपालगन्ज—१६ बेलासपुरमा रामवरण चिडिमारको घरमा डेरा गरी बस्ने बर्दिया जिल्ला जमुनी गाविस—६ स्थायी घर भएकी… बाँकी अंश »

बालुवामा जीवन फलाउँदै कृषक

नेपालगन्ज, २ चैत । बाँके जिल्लाको फत्तेपुर गाविसका १२७ जना कृषकलाई अहिले बालुवामा आफ्नो परिवार धान्ने जोहो गर्न भ्याइनभ्याइ छ । अधिक गर्मी हुने जिल्लाका ती कृषकलाई नदी छेउको बालुवाको तातोले पोल्दैन, उनीहरु त त्यही बालुवामा रमाउँछन्, खेल्छन् र शीतल… बाँकी अंश »