banepa

प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ । सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती… बाँकी अंश »

एमाओवादी नेता न्यौपाने मृत भेटिए

बनेपा, १८ चैत । एनेकपा (माओवादी) काभ्रेका जिल्लास्तरीय नेता तथा पूर्वलडाकु पदमकेशर न्यौपाने आज बनेपामा मृत अवस्थामा फेला परेका छन् । एमाओवादीको लाठी जुलुसमा सहभागी हुन सोमबार बनेपा आएका काभ्रेपलाञ्चोकको गौरी बिसौना देउपुर–३ निवासी न्यौपाने बनेपास्थित वेलकम गेष्टहाउसमा बास बसेका… बाँकी अंश »

कुखुरापालक किसान पलायन हुने अवस्थामा

बनेपा, १५ चैत । दाना उद्यमी र चल्ला उत्पादकको मनोमानीका कारण कुखुरापालक किसान पलायन हुने स्थितिमा पुगेका छन् । माघ र फागुन महिनाभर स्थिर रहेको तयारी ब्रोइलर कुखुराको भाउ चैत लागेपछि घट्दै जान थालेकाले कुखुरापालक किसानलाई पेसाबाटै पलायन हुने अवस्था… बाँकी अंश »

आइपिएम पद्धतिबाट उत्पादन गर्न कृषक दक्ष बन्दै

बनेपा, १० चैत । कम लागतमा बढी उत्पादन गर्न हौसिएका कृषक काभ्रेपलाञ्चोकमा एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति (आइपिएम)द्वारा उत्पादन गर्न दक्ष हुन थालेका छन् । उनीहरुले रसायनिक मल र रसायनिक विषादीको विकल्पमा प्राङ्गारिक उत्पादनलाई लक्षित बनाएर मध्यमार्गी पद्धतिका रुपमा आइपिएमबाट मनग्य… बाँकी अंश »

धुलिखेलमा सातजना गृहिणी एसएलसीमा

बनेपा, ५ चैत । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा काभ्रेपलाञ्चोक जिल्लाबाट सातजना गृहिणी सहभागी भएका छन् । अनौपचारिक विद्यालयअन्तर्गत विद्याकुञ्ज बनेपामा अध्ययन गरेका उनीहरुले धुलिखेलस्थित पूर्ण सञ्जीवनी उच्च माध्यमिक विद्यालयको केन्द्रबाट परीक्षा दिइरहेको केन्द्राध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।… बाँकी अंश »

चारसय बढी कृषकलाई पचास लाख अनुदान

बनेपा, ४ चैत्र । युवा लक्षित कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न शीर्षकमा दिइने अनुदानका लागि कृषक छनोट भएका छन् । जिल्ला कृषि विकास कार्यालयले अनुदानका लागि ४०५ जना कृषकलाई छनोट गरेकोे छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास… बाँकी अंश »

मिर्गौला बिक्रेता परिवारका बालबालिकाको शिक्षामा लगानी

बनेपा, २ चैत । गरिबीका कारण काभ्रेपलाञ्चोकमा मिर्गौला बेचबिखन गर्न बाध्य परिवारका बालबालिकालाई शिक्षामा लगानी गर्न थालिएको छ । “पीडित परिवारको अवस्था अत्यत्न चिन्ताजनक भएकाले हामीले शिक्षाबाट सहयोग पु¥याउने उद्देश्यले यसमा लगानी गर्न लागेका हौँ”–गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च (पिपिआर)… बाँकी अंश »

परिवारबाट नै बहिष्कृत हुँदै छन् काभ्रेपलाञ्चोक जिल्लाका मृर्गौला बेच्नेहरू

बनेपा, २७ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा गरिवीका कारण मृगौला बेच्न बाध्य भएकाहरू आफ्नै परिवारबाट बहिष्कृत हुन थालेका छन् । मृगौला बेचेर बनेको घाउका कारण देखिएको मानसिक पीडा त उनीहरूलाई छँदैछ त्यसमाथि आफ्नै परिवारले बहिष्कृत गरेपछि पीडितहरू घर न घाट भएका… बाँकी अंश »

दुई जनाद्वारा आत्महत्या

बनेपा,२६ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा आज दुई जनाले आत्महत्या गरेका छन् । जिल्लाको खहरेपाँगे गाविस–१ बस्ने १५ वर्षीया सन्तोषी तामाङ र कुसाादेवी गाविस–८ बस्ने ४७ वर्षीय रामकृष्ण हुमागाईंले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आजै च्याम्राङ्बेंसी गाविस–७… बाँकी अंश »

आगलागीबाट घर नष्ट

बनेपा, २५ फागनु । काभ्रेपलाञ्चोकको टुकुचानाला–९ स्थित राजाराम गिरीको घर आगलागीबाट आज बिहान ध्वस्त भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार विद्युत् चुहावट भएर आगलागी भएको र घरमा लत्ताकपडासहित झन्डै रु आठ लाखबराबरको क्षति भएको छ । आगलागीबाट मानवीय… बाँकी अंश »