agreement

सबै मिल्नुस्, जति सक्दो छिटो मिल्नुस्

काठमाडौँ, २७ चैत । राष्ट्रपति डा रामवरण यादवले सबैलाई मिलेर छिटो संविधान लेखनको कामलाई पूरा गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति निवासमा भएको भेटवार्तामा उहाँले जति सक्दो छिटो सहमति… बाँकी अंश »

तामाकोसी तेस्रोको विकास सम्झौता हुने

चरिकोट, ६ फागुन । आगामी चार महिनाभित्र तामाकोसी तेस्रो आयोजनाको विकास सम्झौता हुने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तकाअनुसार ६५० मेगावाट विद्युत् उत्पादन क्षमताको तामाकोसी तेस्रोको पिडिएका लागि नर्वेको कम्पनी स्टेटक्राफ्टसँग वार्ता भइरहेको । सन् २००७… बाँकी अंश »

प्रमुख दलको बैठक, सङ्घीयतामा कुरा मिलेन

काठमाडौँ, ३ माघ । संविधान लेखनमा देखिएका विवादलाई अन्त्य गर्न आज बसेको प्रमुख राजनीतिक दलको बैठकमा सङ्घीयताको विषयमा कुरा मिल्न नसकेपछि दिउँसो २ः३० बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको उपस्थितिमा संविधानसभा भवनमा बसेको उक्त बैठकमा… बाँकी अंश »

यूटीएल सेवा सुचारु गर्न सहमति

काठमाडौ, २ माघ । युनाइटेड टेलिकमको उपत्यका बाहिर बन्द रहेको सेवा बिहीबार बेलुकी ८ बजेसम्म सञ्चालनमा आउने भएको छ । दूरसञ्चार प्राधिकरणको पहलमा कम्पनी व्यवस्थापन र कर्मचारी युनियनबीच वार्ता गरेर बन्द भएको सेवा पुन खोल्ने वातावरण बनेको हो । ‘८… बाँकी अंश »

सहमति हुने अध्यक्ष नेम्वाङको विश्वास

काठमाडौँ, २० पुस । सरकारमा रहेका नेपाली काँग्रेस, नेकपा -एमाले) लगायत दलका विभिन्न सभासद्ले तोकिएको समय -माघ ८ गतेभित्र) संविधान ल्याउन दबाब दिँदै आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेट गरेका छन् । सभासद्हरूले कार्यतालिका अनुसार समयमा संविधान ल्याउन दबाबमूलक कार्यक्रम… बाँकी अंश »

सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड

काठमाडौँ, १० पुस । विभिन्न राजनीतिक दलका नेताले सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्र्टर्स क्लबमा आज आयोजित कार्यक्रममा उहाँहरूले सत्तारुढ दल र प्रतिपक्षी दलबीच आरोप/प्रत्यारोप नगरी सहमति र सहकार्यबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिएका हुन् । एमाओवादीले… बाँकी अंश »

आर्थिक समृद्धिका लागि सहमतिबाटै संविधान ल्याउने दलको प्रतिबद्धता

काठमाडौँ, ८ पुस । राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धि हासिल गर्न सहमतिबाटै संविधान जारी गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘समृद्ध नेपालको आधार, समयमै संविधान’ विषयक बहसमा… बाँकी अंश »

सङ्घीय गठबन्धनले सहमतिका लागि हदैसम्मको लचकता अपनाउने

काठमाडौँ, ५ पुस । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा -माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनलेे माघ ८ भित्रै संविधान ल्याउनका लागि सत्तारुढ दलसँग हदैसम्मको चलकता अपनाउने निर्ण्र्ाागरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको गठबन्धनको बैठकलेे संविधानका विवादित… बाँकी अंश »

तुलसीपुरमा ३० प्रतिशत मात्र विकासका योजना निर्माणका लागि सम्झौता

तुलसीपुर -दाङ, २२ मङ्सिर । यस आर्थिक वर्षो हालसम्ममा तुलसीपुर नगरपालिकामा ३० प्रतिशत मात्र विकासका योजना निर्माणका लागि उपभोक्तासँग सम्झौता भएका छन् । समयमै उपभोक्ता योजना सम्झौता गर्न नआउँदा विकास निर्माणका काममा ढिलाइ हुने गरेको तुलसीपुर नगरपालिकाले जनाएको छ ।… बाँकी अंश »