सुसेली र सुस्केराहरु

‘रबरको मान्छे’

काठमाडौँ, ७ वैशाख । कवि शशी चालिसेद्वारा लिखित कवितासङ्गह ‘रबरको मान्छे’को आज यहाँ विमोचन गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले संयुक्त रुपमा विमोचन गर्नुभयो । प्रज्ञा–प्रतिष्ठान… बाँकी अंश »

सामान्य विषयको गहन कथा ‘जिम्दा सपना’

काठमाडौँ, १२ चैत । दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशिन्छन् । सयौँको सङ्ख्यामा मृत्यु भइरहेको समाचार पनि आइ नै रहेका हुन्छन् । दिनहुँ सुनिरहँदा र पढिरहँदा सामान्य लाग्ने यी विषय आफूलाई पर्दा कस्तो हुन्छ ? यसको जवाफ दिने कोसिस कालिकास्थानस्थित… बाँकी अंश »

विश्व कविता दिवस मनाइयो

काठमाडौँ, ८ चैत । विश्व कविता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ पुराना नयाँ कविका कविता वाचन कार्यक्रमको आयोजना गरेको छ । संयुक्त, राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष विश्वभर मार्च २१… बाँकी अंश »

आफैँले खडा गरेको चुनौतीको पहाड चढ्न असफल पोखराका साहित्यकारहरु !

कास्की, २९ फागुन । कविता, गजल र मुक्तक वाचन अनि गद्य लेखन र पुस्तक परिचर्चा । पोखराको दैनिकी हो यो । त्यसैले त ‘१० जना जम्मा भएको ठाउँमा गएर सोध्यो भने त्यहाँ चार जना कवि हुन्छन्’ भन्ने पोखराबारेको साहित्यिक ठट्टा… बाँकी अंश »

‘काठमाडौँले नचिनेको’ मध्यपश्चिमका तस्बिर

काठमाडौँ, २९ फागुन । फोटो पत्रकार बालकृष्ण थापाले मध्यपश्चिमका विभिन्न जिल्लाका जनजीवन र पर्यटकीय दृष्यलाई केन्द्रित गरी खिंच्नुभएका तस्बिर प्रदर्शनी आजदेखि नेपाल पर्यटन बोर्डमा सुरु भयो । प्रदर्शनीमा दाङ, रुकुम, रोल्पा र प्युठानका गरी छानिएका ४० तस्बिर राखिएका छन् ।… बाँकी अंश »

‘अन्टार्कटिकामा नेपाली माटो’ भव्य प्रदर्शन

लुम्बिनी (रुपन्देही), २० फागुन । अन्टार्कटिका महाद्वीपमा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माको जीवनीमा आधारित ‘अन्टार्कटिकामा नेपाली माटो’ नामक वृत्तचित्र भैरहवामा भव्य प्रदर्शन गरिएको छ । मङ्गलबार भैरहवास्थित पद्यमाश्री चलचित्र मन्दिरमा प्रदर्शन गरिएको वृत्तचित्र कलेज तथा उच्चमाविका विद्यार्थी, साहित्यकार, विभिन्न… बाँकी अंश »

सौगातले लेखे गिनिज बुकमा नाम

खबरडेस्क १७ फागुन । चलचित्र ‘लभ यू बाबा’ का ८ वर्षीय निर्देशक सौगात विष्ट विश्वकै कान्छा निर्देशकका रूपमा स्थापित भएका छन् । सौगात सबैभन्दा कम उमेरका निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड््समा नाम लेखाउन सफल भएका हुन् । सौगातको… बाँकी अंश »

‘किनाराका मान्छे’को कथा

काठमाडौँ, ३ फागुन । नेपाली पाठकले सानैमा बिहे गरेका, लोग्नेले भकुरेका, घरभरि बकुन्द्रै सन्तान भएका, पेटभरि खान नपाएका, सुढेनी बन्न जाँदा आफैँ बलात्कारमा परेका, नागरिकता नपाएका जस्ता ‘किनाराका मान्छे’को कथा पनि पढ्न पाउने भएका छन् । समाजमा पछाडि पारिएका गरिब,… बाँकी अंश »

लोकनेता र चैतेजनता – होमर श्रेष्ठ

खबरडेस्क,२ फागुन । लघुकथा त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ… बाँकी अंश »

सुन्तली आजदेखि मुलुकभर

काठमाडौ, १ फागुन । चार महिनाअघि नै दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमार्फत वल्र्ड प्रिमियर भइसकेको नेपाली फिल्म ‘सुन्तली’ को शुक्रबारे रिलिजको पूर्वसन्ध्यामा नेपाल प्रिमियर गरिएको छ । भाष्कर ढुंगाना निर्देशित फिल्म शुक्रबारदेखि देशभर लाग्दै छ । फिल्मको मुख्य भूमिकामा अभिनय… बाँकी अंश »