अपराध

बैंकबाट गैरकानुनीरुपमा पैसा निकालेको आरोपमा सिबिआईद्वारा दाङका दुई व्यक्ति पक्राउ

दाङ, वैशाख ९ गते । विद्युतीय प्रणालीअन्तर्गत सञ्चालित बैंकको खाता अनाधिकृत रुपमा परिवर्तन गरी पैसा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दाङका दुई जनालाई पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिबिआइले कम्प्युटर प्रविधिबाट सञ्चालित बैंकको खाता परिर्वतन… बाँकी अंश »

१० वर्षीय बालक हत्या

इलाम, वैशाख ९ गते । इलाम चमैता–६ देउमीखोपीखर्कका १० वर्षीय बालक विशाल राईको हत्याको आशङ्कामा प्रहरीले भारतको सुकियापोखरीस्थित राङडाँडाबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चमैताका देशबहादुर राई रहेको प्रहरीले जनाएको छ । गत शुक्रबार गाईबस्तु चराउन… बाँकी अंश »

श्रीमतीको सासू, ससुरा र श्रीमान्को कुटपिटबाट मृत्यु

चरिकोट, वैशाख ८ गते । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ । आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ… बाँकी अंश »

बैंकमा आत्मघाती बम आक्रमण गरी २२ को हत्या

जलालावाद (अफगानिस्तान), ८ वैशाख । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । मारिनेहरुमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ । विस्फोटमा परी अरु ५० जनाभन्दा… बाँकी अंश »

श्रीमतीद्वारा श्रीमानको हत्या

धादिङ, वैशाख ७ गते । मादक पदार्थ सेवन गर्दागर्दै श्रीमान र श्रीमतीबीचको भएको झगडामा श्रीमानको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय कृष्ण परियारको मृत्यु आफ्नै श्रीमती दुर्गा परियारको प्रहारबाट भएको छ । उहाँकी श्रीमतीले… बाँकी अंश »

कडा सजायको प्रावधानः धमाधम चेलीबेटी बेचबिखन

चौतारा, वैशाख ६ गते । मानव बेचबिखन र ओसारपसारका क्षेत्रमा धेरै मुद्दा झेलेको सिन्धुपाल्चोकमा जिल्ला अदालतबाट अहिलेसम्म धेरैले कठोर सजाय पाएका छन् । पीडक उम्कने र पीडित फस्ने विडम्बनालाई सिन्धुपाल्चोकका केही कारबाहीले चिरेको तर पनि बेचबिखनका घटना भने जारी नै… बाँकी अंश »

बलात्कारको अभियोगमा पक्राउ

काठमाडौँ, ४ वैशाख । तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् । किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताउनुभयो । सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी… बाँकी अंश »

मलेशियामा नेपाली कामदारमाथि चरम शोषण

काठमाडौ, वैशाख ४ गते । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मलेशिया जाने नेपालीहरुरुमाथि चरम शोषण हुनेगरेको बताउनुभएको छ । दुई हप्ताअघि मलेशियाको तीन दिने भ्रमण सकेर फर्किनुभएको श्रेष्ठले विहिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रमिकहरुमाथि नेपाल र मलेशिया दुबै… बाँकी अंश »

मोरङमा लागुऔषधसहित दुई पक्राउ

विराटनगर, वैशाख २ गते । मोरङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ बस्ने १९ वर्षीय विष्णु सहनी र विराटनगर–१५ बस्ने २९ वर्षीय महेश पासवानलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोसी राजमार्गअन्तर्गतको टङ्कीसिनुवारीमा मङ्गलबार अपराह्न… बाँकी अंश »

प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ । सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती… बाँकी अंश »