Author Archives: raju

प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने

काठमाडौँ, ११ वैशाख । उपप्रधानमन्त्री वामदेव गौतमले प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित बजेट पूर्वाधारसम्बन्धी उच्चस्तरीय गोष्ठीमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री गौतमले राष्ट्रको समग्र विकासका लागि प्राथमिकता छुट्याएर स्पष्ट पूर्वाधार योजना… बाँकी अंश »

अलैंची खेतीले पुनः आशा जगाउँदैे

इलाम, वैशाख ११ गते । केहि बर्ष यता रोगले मासिदै गएको अलैंची खेती पुन विस्तार हुन थालेको छ । नयाँ जातको अलैंची भित्रिएसँगै अलैंची खेती विस्तार हुन थालेको हो । जिर्मले, भार्लाङ जातको अलैंचीले किसानलाई फसल दिन सुरु गरेको छ… बाँकी अंश »

भारतीय उत्पादन विस्थापित गर्दै नेपाली तरबुजा

कपिलवस्तु , वैशाख ११ गते । कुनै बेला भारतीय तरबुजा तथा फलफुलले ओगटेका यहाँका बजार यतिखेर नेपाली उत्पादनले भरिएका छन् । कपिलवस्तुको धनकौली गासिबका सय बढी कृषकहरुले बगरमा फलाएको तरबुजाले राम्रो बजार पाएको छ । तरबुजा खेतीबाट उनीहरुले मनग्य आम्दानी… बाँकी अंश »

जाजरकोटमा थप दुईको मृत्यु

जाजरकोट, वैशाख ११ गते । जाजरकोटमा मौसमी रुघाखोकीबाट बिहीबार थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्छानी–३ की वर्ष ६० की जैकली जैसी र ढिमे–५ का वर्ष ५५ का चमारे रावल हुनुहुन्छ । महामारीबाट मर्नेको सङ्ख्या २९ पुगेको… बाँकी अंश »

सरसफाइमा बालबालिका अग्रसर

मोरङ, वैशाख ११ गते । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् । हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको… बाँकी अंश »

पुस्तक किनेर पढ्ने जमात बढ्दै

चितवन, वैशाख ११ गते । चितवनमा पुस्तक किनेर पढ्ने जमात बढ्दै गएको पाइएको छ । चलेका साहित्यकारभन्दा नदेखिएका पाठकले बढी पुस्तक किनेर पढ्ने गरेका छन् ।केही वर्षअघिसम्म पुस्तक त्यसै दिए लैजाने चलनलाई चिर्दै चितवनमा अहिले भने किनेर पढ्ने बानीको विकास… बाँकी अंश »

सडक सुरक्षाका लागि अनुसासित हुनुपर्नेमा जोड

काठमाडौँ, ११ वैशाख । सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न र यसबाट बच्न सरोकारवाला सबैले यातायात नियमको पालनामा अनुसासित हुनुपर्नेमा जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज यहाँ आयोजना गरेको सडक सुरक्षाका लागि सरोकारवालाको बैठकमा बक्ताहरूले सडक… बाँकी अंश »

पर्यटन बोर्डको दैनिक कार्य सुचारू

काठमाडौँ, ११ वैशाख । कर्मचारी निलम्बनमा परी केही दिनयता अन्योल उत्पन्न हुँदै आएको नेपाल पर्यटन बोर्डको दैनिक कार्य सञ्चालन भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोर्डमा छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि बोर्डका निमित्त कार्यकारी प्रमुखसहित उच्च तहका… बाँकी अंश »

अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज हुने

मेलम्ची, वैशाख ११ गते । जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जिल्लामा अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज गर्ने भएको छ । जिल्लामा हालसम्म अनुमति पाएका ३८ वटा संस्थागत विद्यालयमध्ये गुन्सामा रहेको आमा याङरी कम्युनिटी इङ्लिस बोर्डिङ स्कुलबाहेक ३७ वटा विद्यालय सञ्चालनमा रहेका… बाँकी अंश »

नेपाल आमाको मूर्ति स्थापना गर्न पदयात्रा

धनगढी, वैशाख ११ गते । कञ्चनपुरको महाकाली नदी किनारमा अवस्थित भम्केनी धामबाट सुरु गरिएको महाकाली–मेची पदयात्रा आज यहाँ आइपुगेको छ । नेपालका प्रथम जगतगुरु मोहनशरण देवाचार्यको नेतृत्वमा रहेको पदयात्रा वैशाख ५ गतेदेखि सुरु गरिएको हो । भम्केनी धाममा नेपाल आमाको… बाँकी अंश »