हाम्रो बारेमा

हाम्रो बारेमा ।

विभिन्न कारणबस विदेशिनु भएका सम्पुर्ण नेपालीहरु लगायत इन्टरनेट मार्फत समाचारमुलक वेब साईट खबर डट जेपी हेरिरहनु भएका सबैलाई हामी सम्पादकीय टिमको हार्दिक नमस्कार । मुलतःविषय केन्द्रित  हुँदै हामी आफ्ना कुराहरु हिमाल जस्तै छर्लङ्ग पार्न चाहान्छौं ।
हाल सम्मको विभिन्न समाचार मुलक छापा वा अनलाईन सेवाहरु हेर्दा प्रष्ट रुपमा पाठकहरुले ती सम्प्रेषित समाचारहरु एउटा कुनै राजनैतिक पार्टीको विचार वा वाद-तिर निर्देशित गरि रहेको अनुभूत हुन्छ ।

यस्ता खालको प्रवृत्तिले नै सम्पुर्ण समाचारमुलक संस्थाहरु पाठक प्रति उत्तरदायी हुनुभन्दा अन्यतिर नै साष्टाङ्ग-दण्डवत् गरेको पाईन्छ । साथै यीनै प्रवृतिले नै हामी सम्पुर्ण पाठकहरु यस्ता समाचारमुलक वेवर्साईटहरुमा धेरै समय यिनै राजनैतिक नेताहरुको भाषणवाजी समाचारमै रमाउन पुग्दछौं ।

यिनै सिलसिलेवार समाचार पर्ढाईको क्रमले हामीमा समाचार भनेकै यस्तै हुन् भन्ने मानसिकता गहिरो रुपले जरा गाढेको देखिन्छ । यसै क्रममा हामी आफ्नो देशको राजनिति, समग्र विकास र हाम्रो नेपालीपारा प्रति नकरात्मक सोचलाई कताकता बढावा दिंदै आफ्नै पहलबाट पनि गर्न सकिने काम नगरेको देखिन्छ

यद्यपि हामी राजनिति र नेताहरु प्रति नकरात्मक छैनौं भन्ने प्रष्ट पार्न चाहान्छौं । समाचार मुलक वेब साईट मार्फत गाउं-गाउंको स-साना तर अर्थपुर्ण कामहरु लाई हामी हाम्रो वेब साईटको मुख्य आधार बनाउंन चाहान्छौं ।

मुख्यतय पर्यटन, कृषि, प्रविधि, महिला सवाल, सरकारी गतिविधि विशेषतःमन्त्रिपरिषदका निर्णयहरु, वातावरण तथा उर्जा जस्ले नेपाललाई सम्मुन्नत एवं समग्र रुपमा विकासको बाटोमा पुर्‍याउने यी स-साना तर दुरगामी रुपमा अर्थपुर्ण समाचारहरुलाई प्राथमिकताका साथ सम्प्रेषित गर्दै सबैमा हामी देशका लागी केहि गर्न सक्छौं र देश बन्ने क्रममै छ भन्ने भावनालाई वढावा दिन चाहान्छौं ।

त्यसैले हामी हाम्रो वेब साईटमा कुनैपनि राजनैतिक समाचार, नेताहरुको भाषणबाजी र उद्घाटन सम्बन्धि समाचारहरुलाई पुर्ण रुपले साष्टाङ्ग-दण्डवत् गर्दै सदाका लागि बिदा गरिएको छ । हाम्रो प्रकाशकीय एवं सम्पादकीय टिमलाई पुर्ण विश्वास छ कि यस कार्यले यहांहरुलाई अत्यधिक खुशी तुल्याउने छ ।

तथापी हामी मात्रै सही नहुन-सक्छौं र पाठकसंग नजिकको सम्बन्ध राख्दै यो समाचारमुलक वेब साईटलाई हाम्रो नभई पुर्ण रुपले पाठकहरुको नै बनाउनका लागि तत्पर रहने प्रतिबद्धता व्यक्तगर्दछौं ।

खबर डट जेपी परिवार