मोरङमा लागुऔषधसहित दुई पक्राउ

विराटनगर, वैशाख २ गते । मोरङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ बस्ने १९ वर्षीय विष्णु सहनी र विराटनगर–१५ बस्ने २९ वर्षीय महेश पासवानलाई पक्रेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोसी राजमार्गअन्तर्गतको टङ्कीसिनुवारीमा मङ्गलबार अपराह्न आकस्मिक जाँचका क्रममा उनीहरुको साथबाट लागुऔषध टिटी ४५० थान र कोरेक्स ३३ बोतल बरामद गरिएको हो ।

उनीहरु बिक्रीका लागि लग्दै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र कहाँबाट ल्याएको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । रासस