चट्याङले शिक्षकको मृत्यु

भीमदत्तनगर, वैशाख ३ गते । बैतडीको कुवाकोट गाविसमा बुधबार साँझ चट्याङमा परी एक शिक्षकको मृत्यु भएको छ । कुवाकोट गाविस–२ का ४५ वर्षीय वीरबहादुर साउदको मृत्यु भएको प्रहरी चौकी पुरचुडीहाडका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर सिंहले जानकारी दिनुभयो ।

घर फर्किने बेला पानी परिरहेकाले बाटो छेउकै मन्दिरमा ओत लागि रहेका बेला चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

साउद स्थानीय लटिनाथ प्राविका स्थायी शिक्षक हुनुहुन्थ्यो । रासस