तीन वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर बनाइने

बेलौरी (कञ्चनपुर), चैत ३० गते । कृषि मन्त्री हरि पराजुलीले आउँदो जेठ १५ भित्र संविधानको पहिलो मस्यौदा ल्याइने बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले सरकारले जेठ १५ भित्रै नयाँ संविधानको पहिलो मस्यौदा ल्याएर छिट्टै संविधान जारी गर्ने दोहो¥याउनु भयो ।

उहाँले एमाओवादीको एकल जातीय पहिचानको अडानका कारणले पनि दलहरुबीच राज्य पुनःसंरचनामा सहमति हुन नसकेकाले संविधान निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।

आम सहमतिमा संविधान बन्न नसक्ने भन्दै त्यसमा दलहरुबीच अधिकतम विषयमा सहमति हुनुपर्ने उहाँले जिकिर गर्नुभयो । उहाँले कृषि मन्त्रालयले आगामी तीन वर्षभित्रै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि योजना अघि सारेको बताउनुभयो ।

कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले कृषि क्षेत्रमा अनुदानका लागिसमेत कार्य योजना अघि सारेको मन्त्री पराजुलीले बताउनुभयो । रासस