भारतीय उत्पादन विस्थापित गर्दै नेपाली तरबुजा

कपिलवस्तु , वैशाख ११ गते । कुनै बेला भारतीय तरबुजा तथा फलफुलले ओगटेका यहाँका बजार यतिखेर नेपाली उत्पादनले भरिएका छन् । कपिलवस्तुको धनकौली गासिबका सय बढी कृषकहरुले बगरमा फलाएको तरबुजाले राम्रो बजार पाएको छ । तरबुजा खेतीबाट उनीहरुले मनग्य आम्दानी गरेका छन् । सिजनल उत्पादन हुने तरबुजा केहि बर्ष अघि सबै भारतबाटै ल्याउनुपर्दथ्यो । तर खेर गएको बाणगंगा नदी किनारको बगरलाई उनीहरुले प्रयोगमा ल्याएर तरबुजा, खरबुजा, काक्रो, लगायतका फलफुर लगाएका हुन् । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो सुनरुपी तरबुजा र खरबुजा उत्पादन गरी सो आम्दानी गरेका हुन । यही चिसो फल उत्पादन गरी उनीरुले लाखौ रुपैया आम्दानी गर्न सफल भएका छन् । फलसंगै उनीहरुले त्यहा काक्रो, तरकारी उत्पादन समेत गरेका छन् । तौलिहवाका फलफुल व्यापारी अब्दुल कैयूम मुसलमानले अहिले धनकौलीकै तरबजुाले बजार धानेको बताउनुभयो । “पहिला पहिला एक हप्तामा ७ क्विन्टल सम्म तरबुजा भारतीय बजारबाट ल्याउनुपर्दथ्यो अहिले सबै यहि पाइन्छ, सजिलो भएको छ” उहाले भन्नुभयो । नेपाली तरबुजा सस्तो र ताजा भएकोले पनि माग बढेको व्यापारीहरु बताउछन् । धनकौलीका कृषकहरुले उत्पादन गरेको चिसो फलफुल र तरकारी आम्दानी लिन चाहने अन्य कृषकहरुका लागि प्रेरणाको स्रोत समेत बनेको छ । बगरबाट जीविकोपार्जन गर्न बाध्य रहेका भमीहीन उनीहरुले त्यसबाट लाखौ रुपैया आयआर्जन गर्न सफल भएका छन् ।
tarbuja
धनकौली गाबिस– ९ मोतिनगरमा ५० बढी कृषकहरुले १५ बिघामा खरबुजा र तरबुजा खेतीबाट बार्षिक ५० हजार देखि एक लाख सम्म आम्दानी गर्ने गरेका छन् । स्थानीय कृषक दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी गरेको बताउनुभयो । २ बिघामा बगरे खेती गरेको अर्को कृषक बुद्धु केवटले यस बर्ष मौसमले साथ नदिएकाले एक लाख मात्र आम्दानी गरिने बताउनुभयो । माधुरी ६४ जातको खरबुजा एक कठ्ठामा नै १५ क्वीन्टल बढी उत्पादन हुने उनको विश्वास छ ।उनीहरुद्धारा उत्पादीत तरबुजा अहिले कपिलवस्तुका बिभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ । यहाँका बजार तरबुजामय बनको छ । अहिले बजारमा तरबुजा प्रति केजी १० देखि १५ रुपेया सम्म रुपैया सम्म बिक्री भईरहेको छ । खरबुजा खरिद गर्न बुटबल, भैरहवा, अर्घाखाची सम्मका ब्यापारीहरु खेतमै आउने गरेका छन् ।
जिल्लामा हुने २ सय बिघा खती मध्ये ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कार्यालय अनुसार यस बर्ष १३ सय मेट्रक टन तरबुजा उत्पादन भएको छ । ती कृषकहरुलाई बीउजिन, औषधी, उपकरण, तालिम र परामर्स सवा दिदै आइएको कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले बताउनुभयो । कार्यालयको सहयोग तथा बढी आम्दानी पाउन थाले पछि कृषकहरु मौसमी तरबुजा खेती तर्फ आकषर््ाित भएको उहँको भनाई छ । यहाँ माधुरी ६४ र मधुवाला जातका तरबुजा उत्पदान हुने गरको छन् । बर्षायाम बाहेक अन्य सिजनमा बगरमा चिासो फल तरबुजा, खरबुजा, काक्रो, मौसमी तथा बेमौसमी तरकारी खेती, बदाम, गहु लगायतका बाली लगाएर आम्दानी गर्ने गरकोले बगरे खेती आफूहरुकालागि जीवननिर्बाहको भरपार्दो र ठोस माध्यम भएको उनीहरु बताउँछन् ।