सुन्दरी देखिन कस्मेटिक सर्जरी

खबरडेस्क,२३ चैत । बलिउड अभिनेत्रीहरूमाथि राम्रो देखिन के मात्र गदैनन्, कस्मेटिक सर्जरीदेखि विभिन्न किसिमका उपायहरू अपनाउने गछंन् । बलिउड चलचित्र उद्योगमा यस्ता कोही पनि नायिका बचेका छैनन् जसले राम्री देखिनको लागि सहारा नलिएको होस् ।
Sundari

ऐश्वर्या रायदेखि प्रिती जिन्टासम्म यो सूचीमा पर्छन् । बलिउडका नायिकाहरू ओठको शल्यक्रिया गरेर निकै भयानक परिणाम भोग्नुपरेको छ । यो सूचीमा राखी सावन्त पनि पर्दछ उहाँ बलिउडको पहिलो नायिकाको सूचीमा पर्नुहुन्छ जसले थुप्रैपटक प्लास्टिक सर्जरी गर्नुभएको छ ।
स्तनको साथसाथै राखी सावन्तले ओठको शल्यक्रिया पनि गर्नुभएको छ । सन् २००० मा मिस वल्र्डको उपाधिसमेत जितीसक्नु भएकी नायिका गायक प्रियंका चोपडाले ओठको मात्र नभएर नाकको सर्जरी पनि गर्नुभएको छ । यस्तै ज्याकलिन फर्नान्डिज पनि ओठको शल्यक्रिया गर्र्नुभएको छ भने रणवीर कपुरसँग डेब्यु गरेपश्चात् नरगिस फाखरीले पनि ओठको शल्यक्रिया गरेको समाचार एजेन्सीमा उललेख गरिएको छ । यसैगरी ओठ शल्यक्रिया गर्ने नायिकामा मलाइका अरोडा खान, कट्रिना कैफ, इशा देओल, अनुष्का शर्मा पर्छ ।