किन भयो केन्यामा १४७ विद्यार्थीको बीभत्स हत्या

केन्या, चैत २३ गते । केन्यामा १४७ जना विद्यार्थीको बीभत्स हत्या भएको छ । उत्तरपूर्वी केन्याको गरिसा विश्वविद्याययमा सो घटना भएको हो । चारजना आत्मघाती आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा ती विद्यार्थी मारिएका हुन् । सो घटनामा चार जना आत्मघाती पनि मरेको र एकजना पक्राउ परेको बताइएको छ ।

kenyastudent
केन्यामा भएको अहिलेसम्मकै यो डरलाग्दो घटना हो । सो घटनाको जिम्मा त्यहाँका विद्रोही समूह अल सबाबले लिएको छ ।
आक्रमणकारीले शुरुमा विश्वविद्यालयमा दुई सुरक्षाकर्मीको हत्या गरेपछि विश्वविद्यालयमा कोठा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
आक्रमणकारीमध्ये चार जनाले अन्धाधुन्ध गोली चलाएपछि आत्मघाती विस्फोट गराएको थिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ । अल सबाब समूहले अहिलेसम्म गराएको यो सबैभन्दा विध्वंशकारी आक्रमण भएको समाचारमा जनााइएको छ ।

आक्रमणकारीहरुले इसाई विद्यार्थीहरुलाई छानीछानी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सो घटनामा ८० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् । घटनास्थलबाट पाँच सय विद्यार्थी भागेर ज्यान जोगाउन सफल भएका छन् ।
बेलायती समाचार संस्था रोयर्टसका अनुसार आक्रमणकारीले हामी मार्न कि त मर्न आएका हौँ भनी आक्रमण सुरु गरेका थिए । आत्रमणमा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा नौ जना घाइतेलाई उपचारार्थ राजधानी नैरोबी लगिएको समाचारमा जनाइएको छ ।