विमान अवतरणका क्रममा टायर पड्कियो

नयाँ दिल्ली, २९ फागुन । एक अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने क्रममा बिहीबार नयाँ दिल्लीमा सो जहाजको टायर (पाङ्ग्रा) पड्किएको समाचार छ ।

नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरणका क्रममा टायर निकाल्न खोज्दा सो टायर पड्किएको बताइएको छ ।

सो विमान ओमन एयरको हो । उक्त एयरको सो विमान बिहीबार बिहान ओमनको राजधानी मस्कटबाट आएको थियो ।

विमानमा रहेका १५० जना यात्रु सकुसल रहेका भारतीय उडड्यन अधिकारीहरुले जनाएका छन् । डब्लु वाई २४१ सो विमानमा बिहान ६ बजे सो समस्या देखिएको हो । रासस