बेपत्ता मैनालीको उद्धार

सुरुङ्गा, २६ फागुन । तीन दिनदेखि बेपत्त झापा शिवसताक्षी नगरपालिका–७ स्थित दुधे बजारका सुन व्यापारी रामप्रसाद मैनालीलाई प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ ।

सुनचाँदी पसल सञ्चालन गरेर बस्नुभएका मैनाली अपहरणमा परेको हुन सक्ने जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाले खोजी तीव्र बनाए पनि उहाँ तीन दिनदेखि बेपत्ता हुनुभएको थियो ।

उहाँलाई प्रहरीले खोज तलासका क्रममा आज बिहान २ः३० बजे बिर्तामोडबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखे्रलले जानकारी दिनुभयो । मैनालीलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख रवीन्द्रनाथ रेग्मीले बताउनुभयो ।

उहाँसँगै प्रहरीले थप दुई जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रासस