त्यसले गर्भ रहने वा अन्य कुनै समस्या त उत्पन्न गर्दैन ?

खबरडेस्क,१० चैत ।
मैले आफ्नो केटा साथीसँग यौनसम्पर्क राखेपछि गर्भ निरोधक चक्की खाएँ । त्यसले गर्भ रहने वा अन्य कुनै समस्या त उत्पन्न गर्दैन ?

health
-तपाईंले कुन गर्भनिरोधक चक्की खानुभयो थाहा भएन, तर तपाइर्ंले आकस्मिक गर्भनिरोधक चक्की खानुभएको हो भने त्यो प्रयोग गरेको समयमा मात्र गर्भ नरहने हो, सधैं वा पछि गर्भ नरहने होइन । त्यसले धेरै नकारात्मक असर गर्दैन, त्यसैले आत्तिनुपर्दैन । पटक-पटक गर्भनिरोधक चक्की प्रयोग गर्दा त्यसको प्रभावकारिता कम हुनुका साथै महिनावारीमा केही समस्या देखा पर्न सक्छ ।