के हाइड्रोसिलले स्मरणशक्ति कमजोर पार्छ र,कुरा बझ्न पुरा लेख पढाैँ

खबरडेस्क,१६ चैत ।
अण्डकोष र अण्डकोष थैली

कतिपय व्यक्तिले अण्डकोष र यो रहने थैली जसलाई अंग्रेजीमा स्क्रोटम भनिन्छ, यी दुवै एउटै हुन् भन्ने मान्छन् तर वास्तवमा कुरा त्यसो होइन । त्यसैले अण्डकोष थैलीमा भएका समस्यालाई पनि अण्डकोषको समस्या मान्नेहरू पनि प्रशस्तै छन् । तपाईंलाई थाहै होला, अण्डकोष (अण्डाशय) पुरुषमा भएको एउटा प्रमुख प्रजनन अङ्ग हो । शुक्रकीटको उत्पादन यहीँ हुन्छ र पुरुषत्व प्रदान गर्ने हार्मोन पनि । यो लिङ्गको फेद निर झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ । किशोरावस्था भरि नै यो निरन्तर बढ्ने क्रममा हुन्छ । यसको आकार हल्का चेप्टो हुन्छ । १० देखि १४ ग्राम तौलको यो अंगको आयतन सालाखाला ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ । यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो । अण्डकोषको आयतन तथा आकार व्यक्ति अनुसार फरक-फरक हुन्छ ।
hydrosil

मूलत: अण्डकोष थैलीको काम भनेको अण्डकोषलाई सुरक्षा प्रदान गर्नु हो । त्यसका अतिरिक्त यसको एउटा विशेष कार्य हुन्छ, त्यो हो अण्डकोषको तापमानलाई नियन्त्रणमा राख्ने अर्थात वातानुकूलित गर्ने । अण्डकोष थैलीले जाडोमा खुम्चिएर अण्डकोषलाई न्यानो राख्छ भने गर्मीमा झोल्लिएर शीतल राख्छ । अण्डकोष थैली चलायमान हुन्छ । यो सामान्य प्रक्रिया हो । कतिपयले यसैलाई पनि कुनै खराबी हो कि भनेर चिन्ता लिन्छन् तर त्यस्तो चिन्ता ठीक होइन ।

वातानुकूलित बनाउनु कति आवश्यक ?

शुक्रकीट उत्पादनका लागि अण्डकोषको तापक्रम हाम्रो शरीरको भन्दा केही कम हुनु उत्तम हुन्छ । त्यसैले यसलाई केही कम तापक्रममा राख्न प्रकृतिले नै यस किसिमको विशेष व्यवस्था अपनाएको हुन्छ । त्यसैले अण्डकोष थैली (अण्डकोषलाई छोपेर राख्ने छालाको थैली) सधैं एउटै आकारको हुँदैन ।

कतै तपाइर्ंले अण्डकोश सानो वा ठूलो हुनुसँग यही अण्डकोषलाई चिसो पार्ने प्रक्रियामा खुम्चने वा लत्रने कुरातर्फ संकेत गर्नुभएको त होइन भन्ने पक्का हुनु आवश्यक छ ।

हाइड्रोसिल के हो ?

तपाईंले अण्डकोष वा अण्डकोष थैली सानो वा ठूलो हुने कुरा गर्नुभएको छ । यो कुन-कुन बेला वा कस्तो शारीरिक अवस्थितिमा हुन्छ भन्ने विषयमा बढी जानकारी भएको भए जवाफ लेख्न सजिलो हुने थियो ।

हाइड्रोसिल भनेको अण्डकोष थैलीको tunica vaginalis भन्ने परतको बीचमा पानी जम्नु हो । यसरी पानी जमेकाले नै त्यो ठूलो हुन्छ । सामान्यत: यो दुख्दैन । जन्मजात नै हुने हाइड्रोसिल (congenital hydrocele) उभिँदा ठूलो भएर आए पनि सुतेपछि बिस्तारै सानो हुँदै जान्छ, तर हातले केही दबाब दिँदैमा तुरुन्तै सजिलै यसमा भएको रस निखि्रँदैन । यस किसिमको अवस्थामा अण्डकोष थैलीको छाला हेर्दा वा छाम्दा खुजुमुज्ज परेको स्थिति (rugosity) कम भएको अनुभव गर्न सकिन्छ । यसमा कुनै नशा सुन्निएजस्तो हुँदैन । यदी निकै सुन्निएर ठूलो भए अँध्यारो स्थानमा बसी सानो टर्च बालेर हेर्दा सुन्निएको अण्डकोष थैली अर्धपारदर्शी देखिन्छ ।

भ्यारिकोसिल भएको अवस्थामा पनि अण्डकोश ठूलो हुन्छ, तर यो हाइड्रोसिल भने होइन । भ्यारीकोसिल हुँदा रक्त नशा सुन्निएर अण्डकोष थैली नै केही बढेको हुन सक्छ । अण्डकोषबाट रगत फर्काउने रक्तनसाहरू फुलेर यस्तो हुन्छ । यो प्राय:जसो तरुण तथा नव वयस्कहरूमा हुन्छ । यो प्राय: बायाँतिर हुन्छ । यसले चिसो मौसममा बस्नेे व्यक्तिहरूलाई भन्दा गर्मी मौसममा बस्ने व्यक्तिहरूलाई बढी पिरोल्छ । पुड्का तथा मोटा मानिसको तुलनामा अग्ला तथा पातला मानिसहरूमा यस्तो अवस्था बढी देखिन्छ । कतिपय अवस्थामा कुनै खास लक्षण नै अनुभव नहुन सक्छ तर केही व्यक्तिले अण्डकोषको क्षेत्रमा केही तानिए जस्तो महसुस गर्न सक्छन् । यसलाई छाम्दा ‘गँडयौलाको पोका’ जस्तै अनुभव हुन्छ । यो उभिएको अवस्थामा देखिए पनि पल्टिँदा वा सुतेको अवस्थामा हराउँछ ।

हाईड्रसिलको उपचार सामान्य शल्यक्रियामार्फत गरिन्छ । औषधी खाएको भरमा यो समस्या समाधान हुने होइन । त्यसैले शल्यचिकित्सकसँग सम्पर्क राख्नुहोला ।
-स्रोत साप्ताहिक