चीनले प्रर्दुषण घटाउन कोइलाको प्रयोग कम गर्ने

बेइजिङ, २४ फागुन । चीनमा वातावरणीय प्रर्दुषण प्रतिदिन बढ्दै गएको समाचार आइरहेका बेला त्यहाँको सरकारले कोइलाको प्रयोग पनि घटाउने भएको समाचार छ ।

चीनले आगामी पाँच वर्षभित्रमा १६ करोड टन कोइला कमगर्ने भएको समाचारमा जनाइएको छ । चीन सरकारले शुक्रबार सार्वजनिक गरेको कार्ययोजनामा सो जानकारी दिइएको छ । प्राप्त समाचारअनुसार वातावरणीय प्रर्दुषणको मात्रा कम गर्नका लागि चीन सरकारले पाँचवर्षे नयाँ कार्ययोजना बनाएको छ ।
चीनका उद्योग, सूचना प्रविधि र अर्थ मन्त्रालयले शुक्रबार सामूहिक रुपमा सो कार्ययोजना सार्वजनिक गरेका छन् ।

सो कार्ययोजना यही २०१५ बाट सुरुवात हुने र आगामी सन् २०२० सम्म सञ्चालनमा हुने छ । ती मन्त्रालयहरुले कोइलाको प्रयोगलाई घटाई हरित ऊर्जाको प्रयोगमा जोड दिइने जनाएका छन् । अहिले पनि चीनमा ऊर्जाका रुपमा कोइलाको प्रयोग संसारका अरु देशको भन्दा धेरै कम रहेकोले वातावरण प्रर्दुषण हुन पुगेको भन्दै आगामी दिनमा कोइलाको उत्पादन कटौतीमा कमी ल्याइने बताएको छ । रासस