कता हरायो जापानी हेलिकप्टर ?

टोकियो, २९ माघ । जापानी सामुद्रिक सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर हराएको समाचार छ । बिहीबार मध्याह्नमा एर बेसबाट सो हेलिकप्टर उडेको थियो । जापानी दक्षिणपश्चिमी कागोसिमा जिल्लाबाट सो हेलिकप्टर उडेको थियो । उडेको केही समयपछि सो हेलिकप्टरको सम्पर्क टुटेको समाचारमा जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमले सो हेलिकप्टरमा तीनजना सुरक्षाकर्मी रहेका बताएका छन् । रासस