किन गरियो अञ्चल अस्पताल र जनस्वास्थ्यमा छापा

जनकपुरधाम, २५ माघ । जनकपुर अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयमा अनुगमन गरिएको छ ।

अञ्चल अस्पतालको प्रसूति विभागको व्यवस्थापन पक्षको विरुद्धमा परेको उजुरीका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुगमन महाशाखा प्रमुख गरिबदास ठाकुरको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवस्थापन पक्षमा देखिएकोकमजोरीलाई एक सातामा सुधार गर्न निर्देशन दिइएको छ ।
सोही क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि अनुगमन गरिँदा कुष्ठरोगको कार्यक्रमबाहेक अन्य सम्पूर्ण कार्यक्रम प्रभावकारी नदेखिएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको विभिन्न कार्यक्रम कागजीमा मात्र सीमित देखिएको अनुगमन टोलीको ठहर रहेको छ । रासस