त्रिशूलीमा सुनैको दरबार…

त्रिशूली (नुवाकोट),१ फागुन ।
नाचगान र प्रहसनको यस्तो भव्य कन्सर्ट नभएको धेरै भएको थियो । आँत हरर भएका नुवाकोटका पारखीहरूले यस पालि मजाले तिर्सना मेट्न पाए । नजिकै त्रिशूली पावर हाउस, दायाँबायाँ बजार, अनि त्रिशूलीको कलकल । पारि नुवाकोटको हरियो भित्तोसमेत थर्किनेे गरी गायक डिजराज पौडेल गुन्जिए-

nuwakot

सुनैको दरबार

दिन तिमीलाई सक्दिनँ

चोखो माया दिउँला हजुर…

डिजराजले ‘तिमी आउने बाटोमा, फूल रोपिदिएँ, तिमी आइनौ…,’ ‘पापिनीले सुन्दै सुनिन…,’ ‘तिमी करोडमा, म रोडमा…’ सहित आधा दर्जन गीत सुनाए । श्रोताहरूले भरपूर मनोरञ्जन लिए ।

रुस्लान हास्यव्यंग्य यात्रा र त्रिशूली युथ स्पोर्टस क्लबले बुधबार गरेको कन्सर्टमा आरपी भट्टराई -लाजाराम), मरिचमान श्रेष्ठ -बल्छी धु्रवे) ले व्यंग्यवाण हाने । अहिलेको राजनीतिक खिचातानीलाई उनीहरूले उडाउनु उडाए ।

त्यसैगरी, विष्णु सापकोटा (हर्के हबल्दार) र जानुका केसी (प्याकुली) ले युवा जमातमा बढ्दै गएको प्रेम वासनालाई कटाक्ष गरे । कान्तिपुर टीभीबाट प्रसारण हुने सिरियल ‘हर्के हबल्दार’ का यी कलाकारले पनि रमाइलो बाँडे । विष्णु नाचे पनि । नाच्नेमा रिना गिरीसमेत थिइन् । राजा राजेन्द्र पोखरेलले क्यारिकेचर र प्यारोडी प्रस्तुत गरे ।

-स्रोत कान्तिपुर