यसरी मनाईयो विश्वकै सबभन्दा वृद्ध व्यक्तिको जन्मदिन

टोकियो, २२ माघ । गत अगस्तमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबभन्दा वृद्ध व्यक्तिका रुपमा दर्ता भएको जापानी नागरिक सकारी मोमोई बिहीबार ११२ वर्षको जन्मदिन मनाउनु भएको छ । टोकियोनजिकै सैतामा सहरमा बसोबास गर्दै आउनुभएका मोमोईको अझै पनि स्वास्थ्य राम्रो रहेको बताइएको छ । तापनि हाल उहाँ टोकियोस्थित स्वास्थ्योपचार केन्द्रमा रहँदै आउनुभएको त्यहीँ नै परिवारजनको साथैमा जन्मदिन मनाउन लाग्नुभएको हो ।
sakarimomoi112

मोमोई सन् १९०३ को फेब्रुअरी ५ मा फुकुसिमा प्रान्तमा जन्मिनु भएको थियो । उहाँ कृषि तथा रसायनशास्त्रका शिक्षक हुनुहन्थ्यो । फुकुसिमा र सैतामा सरकारी विद्यालयमा उहाँ प्रधानाध्यापकका रुपमा कार्यरत हुनुभएको बताइएको छ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबैभन्दा वृद्धा महिला पनि जापानिज नागरिक नै रहेका छन् । मिसाओ ओकावा नाम गरेकी ती विश्वकै ज्येष्ठ महिला आगामी महिनामा ११७ वर्षका पुग्नु हुने बताइएको छ । रासस