१२ नेपालीको स्वीस बैंक एचएसबीसीमा ५ अर्व ४० करोड कालो धन

खबरडेस्क, २६ माघ ।

पञ्चायत कालदेखि नै स्विस बैंकमा नेपालीले पैसा लुकाउने गरेको

नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्ने

इन्टरनेशजल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आइसीआइजे) ले ‘स्वीस लिक’ नाम दिएर सार्वजनिक गरेको विवरण अनुसार स्वीट्जरल्याण्डको एक नीजि बैंकमा नेपालीले ५ करोड ४० लाख अमेरिकी डलर (करिव ५ अर्व ४० करोड रुपैयाँ) रहेको खुलासा गरेको छ ।

बिशेष गरेर स्वीस बैंकमा कर छली वा चोरीलगायतका माध्यमबाट जम्मा गरेको रकम हुनसक्ने भन्दै उक्त संस्थाले ति विवरणहरु सार्वजनिक गरेको हो ।

स्वीटजरल्याण्डको निजी बैंक एचएसबीसीमा रहेको आठ जना ग्राहक नेपालसंग सम्बन्धित रहेको र त्यस मध्ये ३८ प्रतिशत नेपाली पासपोर्टबाहक वा नागरिक रहेको पनि ‘स्वीस लिक’ ले उल्लेख गरेको छ ।

उसले गरेको दावी अनुसार उक्त बैंकमा सन् १९८८ बाट बैंक एकाउण्ट खोल्न थालिएको र त्यसमध्ये सन् २००६ सम्ममा १२ वटा एकाउण्ट पुगेपनि त्यसमध्ये आठ वटा सक्रिय रहेको उल्लेख गरेको छ । ती १२ वटा बैंक एकाउट सन् १९९४ पछि कोही पुरानो बैंक एकाउटलाई नविकरण गरेर ल्याइएको वा सन् २००६ सम्ममा नया“ खुलेका हुन् । ति बैंक एकाउण्टहरुको अरु ३६ वटा बैंक एकाउण्टहरुसंग सम्बन्ध देखिएको पनि उल्लेख गरिएको । यसले अरु पनि बैंकहरुमा नेपालीको रकम रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

 

swissleaksnepal