२१ वर्सिय छात्राले पारिन शिक्षकलाई नाङ्गो

टोकियो, ३० पुस । जापानी विश्वविद्यालयका ५५ वषर्ीय एक शिक्षकले निजले मायाँ गरेकी २१ वषर्ीया छात्रालाई आफ्नो मायाँ प्रमाणित गर्न क्याम्पसमा आफैँलाई नाङ्गो पारेको जानकारी उक्त क्याम्पसले मङ्गलबार दिएको छ । यसको विपरीत ती छात्राले उक्त शिक्षकको लुगा बोकेर भागेकी थिइन् ।
टोकियोको ताइसो विश्वविद्यालयमा ती पाका शिक्षकले कम्प्युटर विज्ञान पढाउँथे र उनले आफ्नी मायाँलुको अनुरोध स्वीकार गर्दा र्सार्वजनिक रूपमा आफूलाई नाङ्गो पार्नुपरेको देखिएको छ ।

नाम नदिइएका यी शिक्षकले अधिकारीहरूलाई आफ्ना महिलामित्रले आफूलाई उनलाई विश्वास दिलाउन आफ्नो लुगा त्यसै समयमा त्यहीँ फुकाल्न भनेकी जानकारी दिए । यसपछि ती शिक्षकले आफू भरपर्दो पुरुष भएको कुरा प्रमाणित गर्न लुगा फुकालेका थिए भने उनकी महिला मित्रले त्यसै समयमा उनको लुगा लिएर भागेकी थिइन् ।

यी शिक्षकले आफ्ना अन्य विद्यार्थीहरूलाई आफूले गरेको कामका लागि माफी माग्दै आफ्नो मायाँको रक्षा गर्न आफूले त्यस्तो काम गरेको र यस्तो अवस्था आएको बताए । ती शिक्षकले आफ्नी महिलामित्रमा आफूप्रति असुरक्षाको भावना हटाउन त्यस्तो काम गरेको र तर त्यस्तो काम लापरवाह भएको स्वीकार गरे । क्याम्पसले यी शिक्षकले आफूले राजिनामा दिने मनसाय बनाएको जानकारी दिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । यी विद्यार्थीलाई पछि फेला पारिएको र उनले ती शिक्षकको लुगा फकाईदिएको स्थानीय आमसञ्चारले जानकारी दिएका छन् । पछि उक्त जोडी सँगै घर फर्केको बताइएको छ । रासस