आमाहरूले बुनेको स्कार्फक्यानाडामा गएपछि….

प्यूठान, ३० पुस । गङ्गापरस्पुर-५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको दर्ुइ वर्षजति भयो ।
उद्योगमा कपडाको दोपट्टा, स्कार्फ झोलालगायतका सामग्री बनाउने काम हुन्छ । यहाँ बनाइएको स्कार्फ दोपट्टा, झोलालगायतका सामग्री क्यानाडामा बिक्री वितरण भइरहेको छ । उद्योगमा अहिले आठजना आमाले काम गर्दै आउनुभएको छ । दैनिक रु ३५० ज्याला पाउने गरी ती आमाहरूले उद्योगमा रोजगारीसमेत पाउनुभएको छ ।

“हामीले यहाँ उद्योगमा सिलाइ कटाइको काम गर्र्छौं, दैनिक रु ३५० पाउँछौ, त्यो पैसाले घर खर्च, छोराछोरीका पढाइ खर्च चलिरहेको छ,” सुवासीले भन्नुभयो- “सहकारी संस्था पनि खोलेका छौँ, त्यसमा पनि बचत गर्र्छौं ।” गङ्गापरस्पुर र गोवरडिहा गाविसका १८ आमा समूहको सहभागितामा उनीहरूले बचत तथा ऋण सहकारी संस्था गठन गरेर मासिक रु ५० बचत गर्दै आएका छन् । “तरकारी बिक्रीबाट आएको रकमलाई बचाएर सहकारी संस्थामा बचत गर्दै आएका छौँ,” फूलमती चौधरीले भन्नुभयो- “अब हामीलाई सीपको आवश्यकता छ, मजदूरी जान्छौँ, तरकारीखेती पनि गर्र्छौं ।”

पर्ूव र सम्भावित कमलहरी बालिकाका आमालाई रोजगारी दिन क्यानेडेली नागरिकको ९८ लाख ४७ हजारको सहयोगमा सौर्य ऊर्जा जडित भवन निर्माण गरिएको हो । उद्योगमा तयार गरिएको कपडाको सामग्री क्यानाडामा हुने पर्व तथा उत्सवमा बिक्री वितरण भइरहेको छ । दर्ुइ वर्षो अवधिमा रु १८ लाख बराबरको कपडा निर्यात गरिएको छ । “यहाँ उत्पादित सामग्री क्यानाडामा बिक्री वितरण भइरहेको छ, त्यहाँका नागरिकको इच्छाअनुसारका सामग्री यहाँ बनाइन्छ,” क्रियटिङ पोसिबिलिटीज नेपाल-सिपी)का कार्यक्रम निर्देशक दिनेश सापकोटाले भन्नुभयो – “समूहलाई थप मजबुत बनाइराखेका छौँ, पछि यी समूहले नै आफँै विदेशमा सर्म्पर्क गरेर सामान बिक्री वितरण गर्नेछन् ।” सिपी संस्थाले कच्चापदार्थ खरिद गर्दैआएको छ । सामान बिक्रीबाट सङ्कलन भएको रकम अनाथ तथा गरिब बालबालिकाको शिक्षा दीक्षामा लगाइँदै आएको संस्थाले बताएको छ । रासस