व्यावसायिक बङ्गुरपालन किन ?

खबरडेस्क, २० पुस ।

Rameshworsinghpandey

रामेश्वर सिंह पाण्डे

  1. व्यावसायिक बङ्गुरपालनको आवश्यकता?

बङ्गुरको मासुलाई पोर्कभनिन्छ । विश्व खाद्यसंगठनका अनुसार विश्वमासबैभन्दा बढी बङ्गुरको मासुउत्पादन तथा खपत हुनेगर्दछ । हाल विश्वमा कुल३० करोड मेट्रिक टन मासुउत्पादन (बङ्गुर, खसी, भेडा,गाई, भैंसी, कुखुरा आदि) भएकोमा बङ्गुरबाट मात्रै ११ करोड मेट्रिक टनमासु उत्पादन हुन्छ । सोही अध्ययन अनुसार विश्वमा प्रति व्यक्ति मासुकोखपत ४२.५ किलो प्रति वर्ष रहेको छ र कुल मासुको खपतमा बङ्गुरकोमासु ३७ किलो प्रति व्यक्ति प्रति वर्षरहेको छ । मासुको रूपमा बङ्गुरकोप्राय सबैजसो अङ्गहरूको परिकार बनाएर खाइन्छ । बङ्गुरको मासुबाटबनाइने विभिन्न परिकारहरूमा ससेज, ब्याकन, ह्याम आदि बनाइन्छ ।बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट रमेटाबोलिक इनर्जीको मात्रा धेरै भएकोले मासु एक सन्तुलित आहारा हो। मासुमा १८ देखि २५ प्रतिशत सम्म प्रोटिन पाइन्छ । बङ्गुरमा अरू सबैपशुहरूभन्दा मासुको प्रतिशत  (ड्रेसिङ्ग परसेन्टेज) बढी मात्रा पाइन्छ ।यिनीहरूमा जीवित तौलको ७५–८० प्रतिशतसम्म मासु प्राप्त हुन्छ ।साधारणतया बँगुरमा ३७–३९ प्रतिशत रातो मासु  (लिन कट्स)  पाइन्छ। र मासुमा १७–२१ प्रतिशतसम्म बोसो पाइन्छ । कृषि मन्त्रालयकोलथ्याङ्क अनुसार बङ्गुरबाट १६,९९२ मे.टन मासु उत्पादन भएको अनुमानछ । भैगौलिक क्षेत्र अनुसार हिमालमा ७.४ प्रतिशत, पहाडमा ५७.६प्रतिशत र तराईमा ३४.९ प्रतिशत बङ्गुरको मासु उत्पादन भएको छ ।

bangurpalan

नेपालमा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामाखाद्यसुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृतरूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको छ । पाल्तुपशुहरू मध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटोअवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिन्छ । बङ्गुरपालनव्यवसायबाट अन्य पशुपक्षीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दाबढीपाइएकोेछ उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाकोप्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशतहुने गरेको छ जबकि बङ्गुर पालन व्यवसायबाट लगानी गरेको प्रतिफलको ६० प्रतिशत सम्म पाइएको छ  ।

विश्वमा बङ्गुर पालनका विभिन्न प्रणाली अन्तरगत एउटा किसानलेएक÷दुई वटा बङ्गुर पनि पाल्दै आएका छन् र ठूलो लगानी गरेर एउटैव्यवसायीले पचासौं लाख बङ्गुर एउटै फार्ममा पनि पाल्ने गरेका छन् ।

  1. व्यावसायिक बङ्गुरपालनबाट निम्न फायदाहरूहुन्छन्ः

  • बङ्गुरहरूमा कमसलखालका आहारा खाएर त्यसलाईमासुमा परिणत गर्नसक्ने क्षमता अन्य पशुको दाँजोमा बढीहुन्छ, त्यसैले मासुका लागि बङ्गुर पालन व्यवसाय अतिलाभकारी हुन्छ ।
  • बङ्गुरहरूमा प्रजनन क्षमता अत्यधिक मात्रामा हुन्छ एकैपटक १०–१२ पाठापाठी जन्माउन सक्छन् र वर्षमादुईपटकसम्म ब्याउँदछने ।
  • बङ्गुरपालन व्यवसाय गर्न थोरै लगानी र सानो ठाउँ चाहिन्छतथा बङ्गुरपालन व्यवसायबाट छोटो समयमा मुनाफा लिनसकिन्छ ।
  • बङ्गुरमा खानेयोग्य मासुको प्रतिशत (ड्रेसिङ्ग परसेन्टेज) अन्यपशुहरूको दाँजोमा बढी (६०–८० प्रतिशत) हुन्छ । बङ्गुरकोकुनै पनि अङ्ग खेर जान्न, मासुको रूपमा सबै भाग खाइन्छ ।
  • बङ्गुरको मासु पौष्टिक, बढी बोसो तथा कम पानी भएको रबढी शक्ति (इनर्जी) दिने खालका हुन्छन् । बङ्गुरको मासुमाथायमिन, पनयासिन तथा रबोफ्लाबिन जस्ता भिटामिनहरूबढीमात्रामा पाइन्छन् ।
  • बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागिराम्रो आहारा मानिन्छ ।
  • बङ्गुरको बोसो (फ्याट) कुखुराको दाना, साबुन उद्योग, रङ्गरोगन उद्योगमा उपयोगी हुन्छ, त्यस्तै रौंबाट ब्रस आदिबनाइन्छ ।
  • बङ्गुरको मासुबाट बनाइएका पोर्क, ब्याकन, ह्याम, ससेजआदिको माग स्वदेशी तथा विदेशी बजारमा प्रशस्तभएकोले निर्यातजन्य उद्योगको रूपमा बङ्गुर पालन व्यवसायसञ्चालन गर्न सकिन्छ ।
  • बङ्गुरपालनलाई एकीकृत रूपमा मत्स÷हाँस पालन रतरकारी खेतीसँग आवद्ध गरेर बढी लाभ लिन सकिन्छ ।
  • बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागिराम्रो आहारा मानिन्छ । एउटा वयस्क बङ्गुरले औसतमा६०० देखि ७५० किलो प्रति वर्ष मल दिन्छ ।
  • बङ्गुरहरू हेर्दा राम्रो, ज्ञानी तथा समझदार मानिन्छन् रविकसित मुलुकमा कुकुर÷बिरालो झैं घरमा शौखका लागिपालिन्छन् ।

 

bangurpalannepal

3    बङ्गुरपालन अन्तरगत कस्तो व्यवसाय अपनाउने?

व्यावसायिक बङ्गुरपालनको मुख्य उद्देश्य बङ्गुरको मासु वापाठापाठी उत्पादन गरेर बढिसेबढी मुनाफा कमाउनु रहेको हुन्छ ।यस व्यावसायिक उद्देश्यप्राप्तकिालागि मुख्य रणनीतिहरूमा

  • वर्षेनी माउ पिच्छे बढीसेबढी स्वस्थ्य पाठापाठी उत्पादनगर्नु,
  • न्यूनतम मूल्यमा पोषक तथा स्वास्थ्यकर दाना तथाआहाराको व्यवस्थापन गर्नु,
  • उचित व्यवस्थपन प्रविधि अपनाएर उत्पादन लागत घटाईबढी मुनाफा आर्जन गर्नु ।

बजारको माग अनुसार निम्न किसिमको बङ्गुरपालन व्यवसायअपनाउन सकिन्छः

  • माउ बङ्गुर पालेर पाठापाठी जन्माउने, हुर्काउने र मासुकोलागि बिक्री गर्नेः यस व्यवसायमा केही माउ (भाले÷पोथी)पालेर आफ्नै फार्ममा पाठापाठी जन्माउने र तीपाठापाठीहरूलाई ८–१० महिना पालेर मासुको लागि बिक्रीगर्ने । यस व्यवसायमा बजारको माग अनुसार दूध छुटाएकापाठापाठी, कोरली पाठी वा माउ पनि बिक्री पनि गरिन्छ ।
  • बङ्गुरका पाठापाठीमात्र बिक्री गर्नेः यस व्यवसायमा उन्नतजातका केही माउ (भुनी र वीर) पालिन्छन् । शुद्ध जातकावा क्रस पाठापाठीहरू उत्पादन गरेर बङ्गुर पाल्नेकृषकहरूलार्य बिक्री गरिन्छ । यस्तो व्यवसाय गर्न ब्रिडिङ्गसम्बन्धी केही प्राविधिक ज्ञानको आवश्यकता तथा शिपचाहिन्छ ।
  • बङ्गुरका भुनी तथा वीर पालेर हुर्किएको पाठापाठी बिक्रीगर्ने (पाठापाठी दूध छुटाएर बिक्री गर्ने)
  • बङ्गुरका हुर्किएका पाठापाठी पालेर मासुका लागि बिक्रीगर्ने (हुर्किएको पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने)
  • अरग्यानिक बड्गुर उत्पादनः प्राकृतिक रूपमा उपलब्ध कुनैपनि प्रकारको रासायनिक आहारा नखुआइकन र कुनैप्रकारको रासायनिकयुक्त औषधी उपचार नगरिकनउत्पादित बड्गुरपालन प्रविधिलाई अरग्यानिक बड्गुर उत्पादनव्यवसाय भनिन्छ । हाल अरग्यानिक रूपमा उत्पादितबड्गुरको मासुको बजार देशभित्र र निर्यातका लागि पनिफैलदैगएको छ ।

bangurpalanpokhara

4   बङ्गुरपालन व्यवसाय शुरु गर्नु अगावै गर्नु पर्ने कामहरू

व्यावसायिक बङ्गुरपालन योजना बनाउनु अगावै निम्नजानकारीहरूमा सङ्कलन गर्नु पर्दछः

  • बङ्गुरविकास सम्बन्धी सरकारी नितीबारे जानकारीःबङ्गुरपालन विकास तथा अध्ययन÷अनुसन्धान कृषि विकासमन्त्रालय अन्तरगत पशुसेवा विभाग हो । त्यस्तैबङ्गुरसम्बन्धी अध्ययन ÷अनुसन्धान नेपाल कृषि अनुसन्धानपरिषद्ले गरिआएको छ । सरकारी स्तरबाट बङ्गुरकोविकास सम्बन्धी के कस्ता कार्यक्रमहरू उपलब्ध छन् रसरकारी स्तरबाट प्रविधिक÷आर्थिक सहयोग के केउपलब्ध गराइएको छ सो बारे विस्तृत जानकारी लिनुपर्छ ।
  • आफ्नो क्षेत्रमा भएको निजी बङ्गुर फार्मको भ्रमणः आफ्नोक्षेत्रमा सञ्चालनमा रहेको सानाठूला बङ्गुर पालककृषक÷व्यवसाथीको फार्म भ्रमण गरी व्यवहारिक पक्षमाविस्तृत छलफल गर्ने ।
  • बङ्गुरको दाना उत्पादक तथा बजार सम्बन्धी अध्ययनभ्रमणः आफ्नो क्षेत्रमा भएको बङ्गुरको दाना उत्पादकफ्याक्ट्रि÷उद्योगको भ्रमण गरी दाना उत्पादन, बिक्रीव्यवस्था, मूल्य,ढुवानकिोअवस्थाआदिबारे विस्तृत जानकारी लिने ।
  • बङ्गुरको रोग तथा उचारका लागि पशुस्वास्थ्य केन्द्रबारेजानकारीः बङ्गुरमा के कस्ता रोव्याधीहरू आफ्नो क्षेत्रमालाग्नेगर्दछन्? उपचारका लागि पशु चिकित्सक, पशुअस्पतालको सुविधा के कस्तो छ सो कोअवस्था बारेविस्तृत जानकारी लिने ।
  • बङ्गुरको बजार, प्रशोधनशाला आदि बारे जानकारीःउत्पादित बङ्गुरलाई बिक्री गर्न बजारको व्यवस्था, मासुप्रशोधनशाला, निकासीका लागि के कस्ता प्रावधानहरूछन् सो को विस्तृत जानकारी लिने ।

 

कृषिपत्रिका